सोमबार, भाद्र ८ २०८३

सोमबार, भाद्र ८ २०८३
  • ८ भाद्र २०८३ , सोमबार
  • August 24 2026

पोखरामा राष्ट्रिय अन्तर्राष्ट्रिय प्रतियोगिता गर्दा प्रदेशको स्विकृत लिन आग्रह

पोखरामा राष्ट्रिय अन्तर्राष्ट्रिय प्रतियोगिता गर्दा प्रदेशको स्विकृत लिन आग्रह


  • ढोरपाटन संवाददाता
  • साउन १५ २०८०, सोमबार

पोखरा / प्रदेश खेलकुद परिषद् गण्डकीले गण्डकी प्रदेशमा आयोजना हुने प्रतियोगिताहरुका लागि नियमसंगत तगरिकाले स्विकृत लिन आग्रह गरेको छ ।

सोमबार प्रदेश खेलकुद परिषद गण्डकीले पोखरामा आयोजना हुने विभिन्न खेलका आयोजक संस्थाहरुसंग अन्तक्रिया गर्दै उक्त आग्रह गरेको हो ।

परिषद्का सदस्य सचिव श्रीधर शर्माले पोखरामा हुने राष्ट्रिय अन्तर्राष्ट्रिय प्रतियोगितालाई सफल बनाउका लागि खेल आयोजक संघहरु बीचमा समेत आपसी समन्वयको खाँचो रहेको बताए । उनले उक्त प्रतियोगिताका लागि प्रदेश खेलकुद परिषद संग समेत समन्वय गर्नुपर्नेमा जोड दिए ।

परिषदले पोखरामा आयोजना हुने खेलहरुलाई थप व्यवस्थित र उपलब्धिमुलक बनाउन छलफल आयोजना गरेको हो । ‘यहाँहरुको आयोजनाले पोखरालाई मात्रै नभई समग्र गण्डकी प्रदेशलाई खेलकुदको माध्यमबाट चिनाउन भूमिका खेलेको छ ।

तर यि खेलहरुलाई सफल बनाउन परिषद समन्वयकारी भूमिका खेल्न तयार छ’ उनले भने । सबै आयोजक संस्थाहरुलाई खेलकुद विकास ऐन अन्तर्गत स्विकृती लिन आग्रह गर्दै सदस्य सचिव शर्माले प्रदेश सरकारले प्रदेशको खेलकुद विकासका लागि लिएको नीतिलाई सफल बनाउन सबैको उत्तिकै प्रमुख दयित्व रहेको उल्लेख गरे ।

‘हामी खेलकुद विकासका लागि एउटै डुङ्गामा यात्रा गरिरहेका छौं । यहाँहरुले आयोजना गर्ने खेल गतिविधिहरुको संस्थागत विकास गर्न परिषदको भूमिका, कार्यक्रमको प्रचार प्रसार लगायतका विषयमा हामी नयाँ योजनासहित वातावरण बनाउन परिषद सहयोग गर्न तयार छौं’ उनले भने ।

सो अवसरमा बोल्दै नेपाली अग्रज खेलाडीहरुको छाता संस्था नेपाल भूतपूर्व खेलाडी मञ्चका अध्यक्ष हरिप्रसाद पराजुलीले पोखरामा आयोजना हुँदै आएको पोखरा अन्तर्राष्ट्रिय म्याराथनले विश्वका खेलाडीहरुको ध्यानकृष्ट गर्न सफल भएको बताए ।

३० भन्दा वढि देशका धावकहरुको सहभागितामा आयोजना भइरहेको प्रतियोगिताले सामाजिक र सांस्कृतिक रुपमा समेत उत्तिकै सफल भएको बताउँदै पछिल्ला दिनमा म्याराथनलाई प्रविधि मैत्री बनाउँदै लगिएको उल्लेख गरे ।

टाइगर ग्रुप अफ पोखरा नेपालका अध्यक्ष नारायण शर्माले आफ्नो संस्थाले अन्तर्राष्ट्रिस्तरका खेलाडीलाई पोखरामा आमन्त्रण गरेर आयोजना भइरहेको प्रतियोगिता केवल आयोजनाका लागि मात्रै नभई यूवा पुस्ता माझ अन्तर्राष्ट्रिय खेलाडीहरुको प्रत्यक्ष खेल हेरेर उनीहरुमा जागरुकता ल्याउन सहयोग गरेको बताए ।

टाइगर ग्रुपले भलिबल खेलको विकास संगै अन्य खेलकुद विकासमा सहयोग तथा रचनात्मक कृयाकलापमा समेत आफूलाई अघि बढाएको बताउँदै उनले अन्तर्राष्ट्रियस्तरका खेल आयोजकहरुको कार्यक्रमलाई तालिकामा राखेर बजेट विनियोजन गर्न आग्रह गरे ।

यस्तै बगर भाइ खलकका महासचिव याम बहादुर गुरुङले संस्था १३ औं संस्करणको बगर भाइ खल एट ए साइड भेट्रान फुटबलको तयारीमा जुटिरहेको जानकारी दिंदै यस वर्ष ४०, ५० र ६० वर्ष भन्दा माथी उमेर समुह गरी तिन क्याटोगरीमा प्रतियोगिता हुने बताए । उनले संस्थाले गरिरहेका विभिन्न गतिविधि माथी प्रकाश पार्दै संस्थाले सञ्चालन गर्दै आएको ग्रासरुट फुटबल प्रशिक्षण लगायत अन्य कार्यक्रमका बारेमा जानकारी दिए ।

कार्यक्रममा सहारा क्लवका अध्यक्ष हरिराम गुरुङ ‘सुरज’, नेपाल प्याराग्लाइडिङ तथा ह्याङग्लाइडिङ संघ ‘नेफा’ गण्डकीका अध्यक्ष बसन्तराज दवाडीलगायतले आफ्ना संस्थाले सञ्चालन गरिरहेका खेल गतिविधि माथी जानकारी गराउँदै परिषदले अन्तर्राष्ट्रियस्तरका प्रतियोगिता आयोजक संस्थाहरुलाई बोलाएर जानकारी माग्नु महत्वपूर्ण रहेको बताए ।

 

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->