पोखरा/ पोखरा महानगरपालिकाले आधा रातमा पृथ्वीनारायण शाहको प्रतिमा हटाएपछि पोखरामा विरोध भएको छ ।
पोखराको पृथ्वीचोकमा रहेको पृथ्वीनारायण शाहको शालिक २०६२÷०६३ को जनआन्दोलनमा फोडिएको थियो ।
आन्दोलनकारीले राजतन्त्रविरूद्ध नारा लगाउँदै शालिक फोडेका थिए उक्त स्थानमा शहिद लखन थापाको शालिक राखिएको थियो । आन्दोलनकारीले चोकको नाम नै परिवर्तन गरेर लखन चोक राखेका थिए ।
त्यसपश्चात हालसम्म उक्त स्थानमा समय समयमा विरोध हुँदै आइरहेको थियो । जनआन्दोलनमा पृथ्वीचोकबाट बढारिएको पृथ्वीनारायण शाहलाई फेरि पुर्नस्थापित गराउन राप्रपाले माग राख्दै आएको छ ।
उक्त स्थानमा पृथ्वीनारायण शाहको प्रतिमा लखन थापाको शालिकसँगै राखिएपनि पोखरा महानगरले आधा रातमा हटाएको थियो ।

उक्त शालिक हटाएपछि विरोध हुँदै आइरहेको छ । शुक्रबार रातारात प्रतिमा चोरी भएको भन्दै आइतबार राके जुलुस सहित पोखराका मेयर धनराज आचार्यको पुत्ला समेत जलाएका थिए ।
















