तनहुँ / जिल्लाको म्याग्दे गाउँपालिका-१ स्थित महेन्द्र माविले स्कुल बस सञ्चालनमा ल्याएको छ । म्याग्दे गाउँपालिकाको ४० प्रतिशत अनुदानमा बस सञ्चालनमा ल्याएको हो ।
पालिकाको ४० प्रतिशत र बाँकी ६० प्रतिशत रकम विद्यालयले पुर्व विद्यार्थी, शिक्षक तथा अभिभावकहरुबाट संकलन गरेर स्कुल बस सञ्चालन गरिएको विद्यालयका प्रधानाध्यापक सोमबहादुर थापाले बताए ।
म्याग्दे गाउँपालिकाका अध्यक्ष श्रीप्रसाद श्रेष्ठले सोमवार बसको चावी विद्यालयका प्रअलाई हस्तान्तरण गरे । प्रधानाध्यापक थापाले बस सञ्चालनपछि विद्यालयको पठनपाठनमा समेत प्रत्यक्ष फाईदा पुग्ने बताए ।
सो अवसरमा प्रमुख प्रशासकीय अधिकृत जितबहादुर राना, वडा अध्यक्ष मणिभद्र वाग्ले लगायतका जनप्रतिनिधि, विद्यालयका शिक्षक, अभिभावक लगायतले स्कुल बसले दिने सेवाले विद्यार्थीलाई आवतजावत गर्न सहज हुने विश्वास ब्यक्त गरे ।






