शुक्रबार, असोज ३० २०८३

शुक्रबार, असोज ३० २०८३
  • ३० असोज २०८३ , शुक्रबार
  • October 16 2026

मोना अन्तराष्ट्रियको अध्यक्षमा जापानबाट ददीवलको उम्मेदवारी

मोना अन्तराष्ट्रियको अध्यक्षमा जापानबाट ददीवलको उम्मेदवारी


  • ढोरपाटन संवाददाता
  • भाद्र ५ २०८०, मंगलबार

बेनी /विश्वभर रहेका म्याग्दीबासीको साझा संस्था म्याग्दी प्रवासी नेपाली संघ (मोना)को अन्तर्राष्ट्रिय कार्यकारी समितिको आगामी असोज २६–२८ (अक्टोवर १३–१५)सम्म म्याग्दी सदरमुकाम बेनीमा आयोजना हुने पाँचौं महाधिवेशनमा बरिष्ठ उपाध्यक्ष ददीवल खड्काले अध्यक्ष पदमा उम्मेदवारी दिने भएका छन । अन्नपूर्ण गाउँपालिका, ६ घार पुख्यौली थलो भइ लामो समयदेखि जापानलाई कर्मथलो बनाउँदै आएका सफल व्यवसायी ददीवल खड्काले मोनाको नेतृत्व गर्न अगाडी सरेका हुन ।

मोनाका वरिष्ठ उपाध्यक्ष खड्का महाधिवेशनको आयोजिक समितिका संयोजक समेत हुन्। संयोजकको भूमिकामा देखिएका खड्काले विश्वभर रहेका म्याग्देलीलाई यसपटक आफ्नो उम्मेदवारीमा साथ दिन अपिल गरेका छन् । मोनाको विगतको नेतृत्व यूरोप, अमेरिका, बेलायतबाट भइसकेको अवस्थामा यसपटक जापानबाटै हुने गरी मोना जापानले सक्रियता देखाएको छ ।

जिल्लाभित्र र विश्वका विभिन्न मुलुल (प्रवास)मा छरिएर रहेका म्याग्देलीहरुका बीच सम्बन्धको विकास गरी प्रवासमा आर्जित पुँजी, सीप र क्षमतालाई म्याग्दी जिल्लामा उपयोग गर्ने उद्देश्यका साथ २०६४ कात्तिक ५ गते बेनीमा भएको भेलाबाट मोनाका अवधारणाकर्ता प्रकाश पुनको अध्यक्षतामा २१ सदस्यीय म्याग्दी प्रवासी नेपाली संघ अन्तर्राष्ट्रिय समवन्वय परिषद गठन गरेको थियो । पुनकै अगुवाइमा सुरु भएको अभियानमार्फत् हालसम्म सर्वसम्मतिमै नेतृत्व चयन भएकाले यसपटकसमेत सहमतिबाटै विश्वभर छरिएका म्याग्देलीलाई एकाबद्ध बनाएर लैजाने गरी महाधिवेशन टुंगो लगाउने अपेक्षा गरिएको छ । मोनाले म्याग्दीमा बाढीपहिरोबाट विस्थापितलाई पुनर्वास, आर्थिक अभावका कारण समस्यामा परेकालाई उपचार तथा विभिन्न सामाजिक एवम् मानवीय सेवामा सहयोग गर्ने गरेको भए पनि महाधिवेशनमा घोषणा गरेका प्रतिबद्धताहरु भने पूरा गर्न नसकेको भन्दै आलोचना हुने गरेको छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->