सोमबार, कार्तिक ९ २०८३

सोमबार, कार्तिक ९ २०८३
  • ९ कार्तिक २०८३ , सोमबार
  • October 26 2026

महिला संघमा भाँडभैलो

महिला संघमा भाँडभैलो

शारदालाई थमौती पत्र, कार्यसमितिमा थप सदस्य मनोनित


  • ढोरपाटन संवाददाता
  • भाद्र ६ २०८०, बुधबार

अध्यक्ष मिश्रको निर्णयविरुद्धमा २२ केन्द्रीय सदस्यले हस्ताक्षरसहित १२ जिल्लाका अध्यक्षहरुको थमौती घोषणा गरेका हुन् ।

पोखरा/अघिल्लो वर्षको साउन २६ गते कांग्रेस सभापति शेरबहादुर देउवाले भातृ संगठन नेपाल महिला संघको अध्यक्षको जिम्मेवारी सिराहाकी उषा राउत मिश्रलाई सुम्पे । उनी यसअघिको कार्यसमितिमा सचिव थिइन् ।

समापति देउवाले नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको कांग्रेसको विधान, २०१७ (संशोधन सहित) को धारा ४२ (१) (च) बमोजिम म्याद समाप्त भई स्वतः विघटन भएकाले महिला संघको तदर्थ समितिमा मिश्रलाई नियुक्त गरेको जनाएका थिए । मिश्रले सभापतिको जिम्मेवारी सम्हालेको पनि एक वर्षए पुगिसकेको छ । तर, २०७३ सालको महाधिवेशनपछि अर्को महाधिवेशन हुन सकेको छैन । सो महाधिवेशनबाट उमा रेग्मी अध्यक्ष बनेकी थिइन् । यस्तैमा मिश्रले गएको जेठमा केन्द्रीय समिति बिस्तार गरिन् । साउनमा उनले १२ जिल्लाका अध्यक्ष हेरफेर गरिन् । त्यही उपक्रममा कास्कीमा सारदा गिरीलाई हटाएर मीना पाण्डेलाई अध्यक्षको जिम्मेवारी दिइयो । सभापति देउवाले गएको भदौमा तरुण दल र महिला संघको महाधिवेशन समयमै गर्न गरेको निर्देशनको पालना नगरेको आरोपकै बीच केन्द्रीय सदस्य मनोनित र जिल्ला अध्यक्ष हेरफेर गरेपछि उनको विरोध भयो । संस्थापन पक्षले पेलेर अगाडि बढ्न खोजेको र संस्थापन इतर पक्षलाई पाखा लगाइएको इतरपक्षले जिकिर ग¥यो ।

सोही विरोधको उपक्रममा २२ जना केन्द्रीय सदस्यहरुले सोमबार अध्यक्षले विधान विपरीत काम गरेको भन्दै १२ वटा जिल्लामा पुरानै जिल्ला अध्यक्ष थमौति गरिएको विज्ञप्ति जारी गरे । विज्ञप्तिमा नेपाल महिला संघको विधान २०५८ को तेस्रो संशोधन २०७८ भाग ७ को धारा ४१ अनुसार विधान विपरीत भएको र कुनै कारणवश पद रिक्त भएमा सो स्थानमा यस विधानमा अन्यथा व्यवस्था भएकोमाबाहेक जुन प्रकियाबाट चयन भएको हो सोही प्रकियाद्धारा पदपुर्ति गरिने व्यवस्था रहेकाले नियुक्ति अवैधानिक भएको जिकिर गरिएको छ । विज्ञप्तिमा संस्थापनबाट हटाइएका सिरहाकी मिनाकुमारी थापामगर, सोलुखुम्बुकी छिल्यामु शेर्पा, ताप्लेजुङमा मातृकादेवी प्रसाईं, महोत्तरीकी अनिता शर्मा, बारामा बबितादेवी कलवार, पर्साकी विद्या श्रेष्ठ, कास्कीकी सारदा गिरी, नवलपरासी पश्चिममा मिठ्ठु केसी र हुम्लाकी ज्ञानु रोकायलाई अध्यक्षको जिम्मेवारी दिइएको विज्ञप्तिमा उल्लेख छ ।

यता, पुरानै जिम्मेवारीमा फर्केको पत्र पाएसँगै नेपाल महिला संघ कास्कीकी अध्यक्ष शारदा गिरीले २९ सदस्यीय कार्यसमिति सदस्यमा मनोनित गरेकी छन् । उनले विधान बमोजिम भन्दै प्रभा सुवेदी, श्रीमाया गुरुङ, सृजना दवाडी, विनिता पौडेल, देवी भण्डारी, रमा पौडेल, गंगा गुरुङ, सुमित्रा भट्टराई, गौमति थापा, गायत्री अर्याल, सावित्री पौडेल, विनिता बराल, ऋषिमाया लामिछाने, दुर्गा केसी., सीता कार्की, रिता राना, माया तिमिल्सिना, सावित्री घिमिरे, गंगा आचार्य, गुप्ती गुरुङ, देउकुमारी थापा, गौमाया नेपाली, पार्वती कोइराला, सुनिता भण्डारी, मनु तिमिल्सिना, मिना सुवेदी, पार्वती खनाल, विजया रेग्मी (चञ्चला) र खिममाया अधिकारीलाई मनोनित गरेकी हुन् ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->