सन्दिप लामिछानेले पाकिस्ताको चौथो विकेट लिएका छन् । २८ औ ओभरको पाँचौ बलमा सन्दिपले सल्मान आमालाई कुशल भुर्तेलबाट क्याच आउट गराए । सल्मान १४ रनमा आउट भए ।
नेपालले पहिलो विकेटको रुपमा फखर जमानलाई आउट गरायो । तिब्र गतिका बलर करण केसीले छैटौं ओभरको तेस्रो बलमा जमानलाई विकेट किपर आसिफ शेखको हातबाट क्याच आउट गराए ।
फखर जमानले १५ बलमा १९ रन बनाए । लगत्तै सातौं ओभरको पहिलो बलमा सोमपाल कार्मीको बलमा इमाम उल हक रन आउट हुन पुगे । रन लिनेक्रममा उनलाई कप्तान रोहित पौडेलले रन आउट गराए ।
२४ औ ओभरको चौथो बलमा मोहम्मद रिजवान ५० रनमा आउट भए । शन्दिप लामिछानेको बलमा दिपेन्द्र सिंह ऐरीबाट रन आउट हुन पुगे । उनले ४४ बलमा ६ चौकासहित अर्धशतक प्रहार गरे । नेपालका लागि कप्तान बाबर अजाम चुनौति बनिरहेका छन् । उनी ५६ रनमा नटआउट रहेका छन् ।





