एसिया कपमा १४३ रनको लक्ष्य पछ्याएको नेपालले पाँचौ विकेट गुमाएको छ । नेपालले पहिलो ओभरमै दुई विकेट गुमाउन बाध्य भयो । साहेन शाह अफ्रिदीको पहिलो ओभरको पाँचौ बलमा ओपनर कुशल भुर्तेल ८ रन बनाउँदै क्याच आउट भए ।
लगत्तै ओभरको अन्तिम बलमा कप्तान रोहित पौडेल शुन्यमै एलबीडब्लु लाग्दै पेभिलियन फर्किए । नसिम शाहको दोस्रो ओभरको चौथो बलमा आसिफ शेख क्याच आउट हुन पुगे ।
उनले ५ बलमा १ चौकासहित पाँच रन बनाए । हारिस राफुको १५ औं ओभरको चौथो बलमा आरिफ शेख बोल्डआउट भए । उनले ३८ बलमा पाँच चौकासहित २६ रन बनाए ।
राफुको १७ औं ओभरको अन्तिम बलमा सोमपाल कामी ४६ बलमा २८ रन बनाउँदै क्याच आउट हुन पुगे । त्यसअघि पाँचौ ओभरमा सोमपाल कामीले जिवनदान पाएका थिए ।
अफ्रिदीको पाँचौ ओभरको दोस्रो बलमा एम्पाएरले आउटको इशारा गरेपनि थर्ड एम्पाएरले नटआउट देखाउँदा जिवनदान पाए । सोमपालले ९ बलमा ४ रन बनाएका थिए ।





