पोखरा / एसिया कपमा नेपाल २३८ रनले पराजित भएको छ । विश्वकै उत्कृष्ट टिमको समना गरेको नेपाल २३.४ ओभरमा १०४ रनमा अलआउट हुन पुग्यो । उच्च मनोबलका साथ दोस्रो इनिङ सुरु गरेको नेपालको सुरुवात नै खराब रह्यो । नेपालले पहिलो ओभरमै दुई विकेट गुमाउन बाध्य भयो । साहेन शाह अफ्रिदीको पहिलो ओभरको पाँचौ बलमा ओपनर कुशल भुर्तेल ८ रन बनाउँदै क्याच आउट भए । लगत्तै ओभरको अन्तिम बलमा कप्तान रोहित पौडेल शुन्यमै एलबीडब्लु लाग्दै पेभिलियन फर्किए ।
नसिम शाहको दोस्रो ओभरको चौथो बलमा आसिफ शेख क्याच आउट हुन पुगे । उनले ५ बलमा १ चौकासहित पाँच रन बनाए । हारिस राफुको १५ औं ओभरको चौथो बलमा आरिफ शेख बोल्डआउट भए । उनले ३८ बलमा पाँच चौकासहित २६ रन बनाए । राफुको १७ औं ओभरको अन्तिम बलमा सोमपाल कामी ४६ बलमा २८ रन बनाउँदै क्याच आउट हुन पुगे । त्यसअघि पाँचौ ओभरमा सोमपाल कामीले जिवनदान पाएका थिए । अफ्रिदीको पाँचौ ओभरको दोस्रो बलमा एम्पाएरले आउटको इशारा गरेपनि थर्ड एम्पाएरले नटआउट देखाउँदा जिवनदान पाए । सोमपालले ९ बलमा ४ रन बनाएका थिए ।
मोहम्मद नवाजले २१ औं ओभरको पाँचौ बलमा दिपेन्द्र सिंह ऐरी बोल्ड गरे । ऐरीले ११ बलमा ३ रन बनाए । सदाब खानको २२ औं ओभरको तेस्रो बलमा गुल्शन झा क्याच आउट भए । उनले २३ बलमा १३ रन जोडे । लगत्तै पाँचौ बलमा सन्दिप लामिछाने बोल्ड भए । २४ औं ओभरको दोस्रो बलमा कुशल मल्ल क्याच आउट भए । उनले ४ बलमा ६ रन जोडे । ललित राजवशंी शुन्यमै पेभेलियन फर्किए ।
अन्तिम पावर प्ले भारी
नेपालले अन्तिम पावर प्लेमा ठुलो रन खर्चियो । ४० ओभरको खेल समाप्तीसम्म पाकिस्तान २१३ रनमा चार विकेट गुमाएको स्थितिमा रहेको थियो । त्यसपश्चात सुरुभएको पावर प्लेमा पाकिस्तानी ब्याटरले धमाधम चौका र छक्काको वर्षा गर्दा नेपालले विशाल लक्ष्य पछ्याउन बाध्य भयो । अन्तिम पाँच ओभर (३०बलमा) पाकिस्तानले ६७ रन जोडेको थियो । मुल्तान क्रिकेट रंगशालामा टस जितेर ब्याटिङ रोजेको पाकिस्तानले ५० ओभरमा ६ विकेट गुमाउँदै कुल ३४२ रन बनायो ।
यो नेपालका लागि ओडिआई इतिहासकै सर्वाधिक ठूलो लक्ष्य हो । पाकिस्तान नेपालविरुद्ध ओडिआईमा सर्वाधिक रन बनाउने पहिलो टोली समेत बनेको छ । यसअघि नेपालविरुद्ध सर्वाधिक रन वेस्टइन्डिजले बनाएको थियो । वेस्टइन्डिजले दुई महिना अघि आइसिसी विश्वकप छनोटमा निर्धारित ५० ओभरमा ७ विकेट गुमाउँदै ३ सय ३९ रन बनाएको थियो । त्यसअघि आइसिसी विश्वकप लिग २ मा टियु मैदानमा युएईले नेपालविरुद्ध ३ सय १० रन बनाएको थियो । वेस्टइन्डिजको कीर्तिमान पाकिस्तानले तोडेको हो ।
पाकिस्तानी कप्तान बाबर आजमले १५१ रनको उत्कृष्ट योगदान दिए । १३१ बलमा १५१ रन बनाउँदै सोमपालको बलमा आउट भए । इफ्तिखार अहमेदले शतकीय इनिङ खेले । उनले ७१ बलमा १०९ रन बनाउदै अविजित रहे । नेपालले पहिलो विकेटको रुपमा फखर जमानलाई आउट गरायो । तिब्र गतिका बलर करण केसीले छैटौं ओभरको तेस्रो बलमा जमानलाई विकेट किपर आसिफ शेखको हातबाट क्याच आउट गराए । फखर जमानले १५ बलमा १९ रन बनाए ।
लगत्तै सातौं ओभरको पहिलो बलमा सोमपाल कार्मीको बलमा इमाम उल हक रन आउट हुन पुगे । रन लिनेक्रममा उनलाई कप्तान रोहित पौडेलले रन आउट गराए । सन्दिप लामिछानेले २४ औ ओभरको चौथो बलमा मोहम्मद रिजवान ५० रनमा आउट गराए । सन्दिप लामिछानेको बलमा दिपेन्द्र सिंह ऐरीबाट रन आउट हुन पुगे । उनले ४४ बलमा ६ चौकासहित अर्धशतक प्रहार गरे । सन्दिप लामिछानेले २८ औ ओभरको पाँचौ बलमा सन्दिपले सल्मान आमालाई कुशल भुर्तेलबाट क्याच आउट गराए ।
सल्मान १४ रनमा आउट भए । सदाब खान ५० औं ओभरको अन्तिम बलमा बोल्डआउट भए । उनले चार रन जोडे । नेपालका लागि सोमपाल कार्मीले दुई विकेट लिए । उनले १० ओभरमा १ मेडनसहित ८५ रन खर्चे । करण केसी र सन्दिप लामिछानेले समान एक एक विकेट लिए ।
प्रधानमन्त्रीको शुभकामना
एसियाकपमा बुधबार पाकिस्तानमा रहेको नेपाली टीमलाई प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) ले शुभकामना दिएका छन् । उनले भर्चुअल माफर्त शुभकामना दिएका हुन् । प्रधानमन्त्री प्रचण्डले प्रतियोगितामा नेपालले राम्रो नतिजा निकाल्नेमा आशावादी रहेको बताएका थिए । खेल क्षेत्रको विकास र खेलाडीहरूको हितका निम्ति आफूले हमेसा ध्यान दिएको बताएका थिए ।
प्रधानमन्त्रीले खेल क्षेत्रको विकासका लागि काम गरेको बताएपछि नेपाली क्रिकेट टोलीले घोषणा गरेकै रकम अझै पाउन सकेका छैनन् । आइसिसी विश्वकप लिग–२ त्रिकोणात्मक सिरिजमा नामिबिया र स्कटल्यान्डसँग समान दुई लाख, युएई र पपुवा न्युगिनीसँगको खेलमा समान तीन लाख र एसिसी प्रिमियर कपको उपाधिपछि समान ६ लाख दिने घोषणा गरेपनि रकम भने दिइएको छैन्





