पोखरा/ कास्की जिल्लामा आ.व. ०७९/ ०८० मा एक हजार सात सय ३४ मुद्धा दर्ता हुँदा बसैभन्दा बढी बैंकिङ कसुर सम्बन्धि मुद्धा दर्ता भएका छन् । जिल्ला प्रहरी कार्यालय कास्कीले सार्वजानिक गरेको एक वर्षे कार्य विवरण अनुसार अघिल्लो वर्षको तुलनामा बैंकिङ कसुर सम्बन्धि मुद्धा बढेको हो । कुल मुद्धाको २९.८२ प्रतिशत बैंकिङ कसुर सम्बन्धि मुद्धा रहेको छ । कास्कीमा मात्रै ५१७ बैंकिङ कसुरका मुद्धा परेका हुन् । ०७८ सालमा कास्कीमा एक सय ४९ बैंकिङ कसुरका मुद्धा परेको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता श्रवण कुमार विकले जानकारी दिए ।
०७९ मा सार्वजानिक हित, स्वास्थ्य सुरक्षा, सुविधा र नैतिकता विरुद्ध २४.२८ प्रतिशत, लागुऔषध ५.८८, आत्महत्या ९ं५७, फुटकर ज्यान ६ं५७, भवितव्य ज्यान ४ं७२, साधारण चोरी ५ं.८८, जबरजस्ती करणी २.७७, सवारी ज्यान २.२४ र अन्य ८.२७ प्रतिशत मुद्धा रहेका छन । १७३४ मुद्धामध्ये ११५९ मुद्धा फर्छोट गरेको छ भने, ५७५ मुद्धा बाकीँ रहेका छन् ।
यस्तै अनलाइनमार्फत ठगी समेत बढ्न थालेको विकसले बताए । पछिल्लो समय अनलाई ठगि गर्ने नयाँ माध्ययम बन्दै गइरहेको छ । कास्कीमा एक वर्षमा ४ सय २ वटा अनलाईन ठगीको उजरी परेको छ । सामाजिक सञ्जालमार्फत विभिन्न चिठ्ठा परेको भन्दै ठगी गर्ने विरुद्ध ४ सय २ वटा उजरी परेको विकले बताए । बिकले बैंकिङ कसुरमा ठगिएको रकम कति भनेर तथ्यांक निकाल्न समय लाग्ने बताए । उता अनलाइनमार्फत ४ करोड ३५ लाख बराबरको ठगी गरेको भन्दै उजुरी परेको बताए ।
सामाजिक सञ्जा मार्फत विभिन्न व्यक्तिहरुलाई उपहार परेको भन्दै म्यासेज पठाउने र उपहार पाउन केही रकम पठाउनुपर्ने सर्त गिरोहले ठगी गर्ने गरेको पाइएको छ’ विकले भने, ‘अनलाइनमार्फत कास्कीमा ४ सय २ वटा उजुरी पर्दा ४ करोड ३५ लाख बढी ठगी गरेको पाइएको छ ।’
उनका अनुसार पीडितलाई ५७ लाख ५२ हजार ७ सय ७० रुपैयाँ फिर्ता गरिएको छ । थप अनुसन्धानकै क्रममा रहेको सूचना अधिकारी बिकले बताए । यस्तै उनका अनुसार सामाजिक सञ्जालमार्फत आइडी फेक बनाएर गाली बेइज्जत, अश्लिल वा अर्यादित कुराकानी गरेको भन्दै ४ सय १९ जनाले उजुरी दिएका छन् । कास्की प्रहरीमा गत आर्थिक वर्ष २ सय २६ जना महिला, १ सय ६६ जना पुरुष, २३ जना बालिका र ४ जना बालकले आइडी फेक बनाएर सामाजिक सञ्जाल मार्फत अमर्यादित कुराकानी गरेको भन्दै उजुरी दिइएको तथ्याङ्का उल्लेख छ । यस्तै कास्की प्रहरीले गत आर्थिक वर्ष बर्दीको दुरुपयोग गर्दै टिकटक बनाउने ८ जनासहित ४९ जना प्रहरीलाई कारवाही गरेको छ ।





