सोमबार, कार्तिक ९ २०८३

सोमबार, कार्तिक ९ २०८३
  • ९ कार्तिक २०८३ , सोमबार
  • October 26 2026

वेटर भनी नाबालिगलाई यौन धन्दामा लगाउने पार्वती पक्राउ

वेटर भनी नाबालिगलाई यौन धन्दामा लगाउने पार्वती पक्राउ


  • ढोरपाटन संवाददाता
  • साउन २२ २०८०, सोमबार

पोखरा/ पोखरामा नाबालिगलाई वेटरको काम गराउन बोलाएपछि यौनधन्दा गराउने खाजा घरका संचालकलाई प्रहरीले पक्राउ गरेको छ ।

शुक्रबार वडा प्रहरी कार्यालय बैदामको टोलीले नाबालिग तथा महिलालाई यौनजन्य क्रियाकलापमा लगाउँदै आएकी रोशन खाजा घर संचालन गर्दै आइरहेकी ६० वर्षीय पार्वती काराखेतीलाई पक्राउ गरिएको हो ।

साउन ६ गते पोखरा ८ सिर्जनाचोक स्थित उक्त खाजा घरमा नाबालिग तथा महिलालाई वेटरको राम्रो काम लगाइदिने बहानामा काममा राखी यौनजन्य क्रियाकलाप गराउन थालेको सुचनाको आधामा प्रहरीले पार्वतीलाई पक्राउ गरेको हो ।

जिल्ला प्रहरी कार्यालय कास्कीका सुचना अधिकारी श्रवण कुमार विकका अनुसार गोरखा पालुङटारकी पार्वती विरुद्ध मानव वेचबिखन तथा ओसार पसार सम्बन्धी कसुरमा कास्की जिल्ला अदालतबाट पाँच दिन म्याद थप गरि अनुसन्धान भइरहेको छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->