सोमबार, भाद्र ८ २०८३

सोमबार, भाद्र ८ २०८३
  • ८ भाद्र २०८३ , सोमबार
  • August 24 2026

खेल क्षेत्रलाई संगै लिएर राज्य अघि बढ्छ : मन्त्री सिंखडा

खेल क्षेत्रलाई संगै लिएर राज्य अघि बढ्छ : मन्त्री सिंखडा


  • ढोरपाटन संवाददाता
  • साउन २२ २०८०, सोमबार

पोखरा / गण्डकी प्रदेश सामाजिक विकास मन्त्री शुसिला सिंखडाले गण्डकी प्रदेश सरकारले खेल क्षेत्रलाई समेटेरै अघि बढ्ने बताएकी छन् ।

१९ औं एसिएन गेमका लागि पोखरामा बन्दसत्रमा रहेका रग्बी, आर्चरी, भरोत्तलनका खेलाडी विधाई गर्ने क्रममा बोल्दै मन्त्री सिंखडाले उक्त कुरा बताएकी हुन्।

खेलाडी र प्रशिक्षकको गुनासोलाई सम्बोधन गर्दै उनले खेल क्षेत्रमा धेरै समस्या रहेको र खेल सामग्रीको माग धेरै आएकाले त्यसको समाधान गर्न प्रदेश सरकार लागेको बताइन्। उनले खेलाडीका लागि पोखरा रंगशाला भित्र थेरापी सेन्टर स्थापनाको लागि छलफल अघि बढेको सुनाइन् ।

उच्च मनोबलको साथी खेलमा सहभागी हुन बन्द सत्रमा रहेका खेलाडीहरुलाई अनुरोध गर्दै खेलकुद क्षेत्रलाई रक्षा गर्ने जिम्मा सरकारको रहेको । खेल क्षेत्रलाई अहिलेको भन्दा धेरै अघि बढाउन योजनाको साथ लाग्ने बताइन् ।
चिनको होन्जाउ शहरमा आगामी असोज ६ देखि २३ गतेसम्म हुने १९ औं एसिएन गेममा नेपालले २६ खेलमा सहभागी जनाउँदै छन् ।

 

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->