बेनी/म्याग्दी हेभी इक्युपमेन्ट अपरेटर संघको दोस्रो अधिवेशनबाट देबेन्द्र चोखालको अध्यक्षतामा नयाँ कार्यसमिति चयन भएको छ । आइतबार सदरमुकाम बेनीमा सम्पन्न भएको अधिवेशनबाट उपाध्यक्ष देबबहादुर खड्का, सचिव बालकृष्ण खत्री, सहसचिव नगेन्द्र बरुवाल, कोषाध्यक्ष सागर बानियाँ रहेका छन् ।त्यसैगरी सदस्यहरुमा राजेन्द्र फगामी, नबराज भण्डारी, बुद्धी खत्री,कृष्ण खत्री, रोशन मल्ल र राम शाही रहेका छन् ।अधिवेशनबाट संस्थापक अध्यक्ष श्यामनन्द शर्मा, हिराबहादुर माझी, दलबहादुर खत्री, विनोद चोखाल र बिराट चोखाललाई सल्लाहाकारमा चयन गरेको छ ।
त्यसैगरी अधिवेशनबाट बेनी नगरपालिका वमबहादुर खत्री, बाबुराम मगर, रघुंगगा गाउँपालिका संयोजक नमराज खत्रीबुद्धि खत्री, धवलागिरी गाउँपालिका संयोजक बालकृष्ण खत्री राजकुमार बुढाथोकी, मालिका गाउँपालिका संयोजक विकास पतेल, अनुप पतेल, अन्नपूर्ण गाउँपालिका संयोजक नरेन्द्र बरुवाल रहेका छन् ।
त्यसैगरी बाहिरी जिल्लाबाट म्याग्दीमा आएका अपरेटरहरुलाई समेत समेट्ने गरी सिन्धुपाल्चोक राजकुमार भन्डारी। हिरा माझी, पर्वत जिल्ला राजु श्रेष्ठ, ओखलढुंगा जिल्ला युबराज श्रेष्ठ,कास्की दुर्गाबहादुर भुजेल रहेका छन् । सोही अवसरमा विदेशमा रहेका अपरेटरहरुको अनुभव आदानप्रसाद सहित सहकार्यका लागि प्रवासमा समेत सञ्जाल विस्तार गरिएको छ । संघको विदेश विभाग संयोजक कुवेदमा विष्णु खत्री, जापानमा टेकबहादुर रसाइली, पोर्चुगलमा सुरेश पुनलाई चयन गरिएको अध्यक्ष देबेन्द्र चोखालले बताए । अधिवेशनमा निर्वतमान अध्यक्ष श्यामनन्द शर्मा,सल्लाहकार दलबहादुर खत्रीले पेशागत संगठनको आवश्यकता महसुस गरी म्याग्दी हेभी इक्युपमेन्ट अपरेटर संघको स्थापना गरिएको बताए ।
नवनिर्वाचत अध्यक्ष चोखालले म्याग्दीमा बिकाश निर्माणकार्यमा खटिइरहेका डोजर अपरेटर तथा सवारी चालकहरुले आफ्नो हक अधिकारको सुनिश्चितता संगै रोजगार दातासंग सुमधुर सम्बन्ध कायम राख्ने उदेश्यले संस्थाको स्थापना गरिएको बताए ।उनले गत कार्यकालमा दुर्घटनामा परेका अपरेटरको परिवारलाई क्षतीपूर्ती सहित विभिन्न कार्यक्रम गरिएको बताए । भेलामा सहभागी अपरेटरले कन्ट्रकसन मालिक तथा ठेकेदार हरुले बिना लाइसेन्स काम गराउने, सम्झैता विनै काम लगाउने, राजनीतिक पहुँच देखाउने गरेको गुनासो गरेका थिए ।
सोही अवसरमा विकास निर्माणमा खटिएका अपरेटरले समयमै तलबसुविधा नपाउने, केही निर्माण ब्यवसायीले सास्ती दिने गरेको बताउँदै मेहनतको सम्मान गदै समयमै तलबसुविधा दिन समेत संघका अध्यक्ष चोखालले अनुरोध गरेका थिए । म्याग्दीमा हालसम्म करिब ६० जना अपरेटर संघको सम्पर्कमा रहेका छन् ।





