सोमबार, भाद्र ८ २०८३

सोमबार, भाद्र ८ २०८३
  • ८ भाद्र २०८३ , सोमबार
  • August 24 2026

युवा संघ नेपालले व्याडमिन्टन प्रतियोगिता गर्ने

युवा संघ नेपालले व्याडमिन्टन प्रतियोगिता गर्ने


  • ढोरपाटन संवाददाता
  • साउन २३ २०८०, मंगलबार

पोखरा / यूवा संघ नेपाल खेलकुद विभागले राष्ट्रियस्तरको खुल्ला पुरुष व्याडमिन्ट प्रतियोगिता गर्ने भएको छ ।

सोमबार काठमाडौंमा सम्पन्न संघको बैठकले भदौको दोस्रो साता खुल्ला व्याडमिन्टन प्रतियोगिताको आयोजना गर्ने निर्णय गरेको खेलकुद विभाग अध्यक्ष सम्पन्न श्रेष्ठले जानकारी दिए ।

युवा संघ खेलकुदको क्षेत्रमा समेत अघि बढ्दै खेल प्रतियोगिताहरुलाई अघि बढाएको उनको भनाइ छ । प्रतियोगिताको प्रथम हुनेले १ लाख ५१ हजार रुपैयाँ, दोस्रो हुनेले १ लाख १ हजार तथा तेस्रो हुनेले ५० हजार रुपैयाँ नगद प्राप्त गर्नेछन् ।

बैठकले विभागका अध्यक्ष श्रेष्ठको अध्यक्षतामा १५ सदस्यिय आयोजक समिति गठन गर्नुका साथै विभागको सचिवमा सुवास विष्टलाई मनोनयन गरेको छ ।

त्यसै गरी बैठकले विभागको सदस्यमा गोकुल गुरुङ, रुपेश श्रेष्ठ, मनिष सेढाई, प्रदिप पाण्डे, विक्रम श्रेष्ठ, अशोक कुमार अर्याल र सागर भट्टलाई मनोनयन गरेको छ ।

 

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->