बुधबार, भाद्र १० २०८३

बुधबार, भाद्र १० २०८३
  • १० भाद्र २०८३ , बुधबार
  • August 26 2026

गैंडाकोटमा स्वास्थ्य स्वयंसेविकालाई अभिमुखीकरण

गैंडाकोटमा स्वास्थ्य स्वयंसेविकालाई अभिमुखीकरण


  • ढोरपाटन संवाददाता
  • भाद्र १७ २०८०, आइतबार

नवलपुर/ स्वास्थ्य कार्यालय नवलपुरले शनिबार मनकामना अस्पतालको सहयोगमा गैंडाकोटमा एक दिने स्वास्थ्य अभिमुखीकरण कार्यक्रम गरेको छ । भेडाबारीस्थित गैंडाकोट नगर अस्पतालको सभाहलमा गैंडाकोटका महिला स्वास्थ्य स्वयंसेविका लक्षित अभिमुखीकरण गरेको हो ।

अहिलेको समयमा सामुदायिक सचेतनाको खाँचो रहेको डेंगी नियन्त्रण र रोकथाम सम्वन्धि स्वास्थ्य कार्यालय नवलपुरका प्रतिनिधि डिल्लीराम तिवारीले र मनकामना अस्पतालकी नर्सिङ प्रमुख कबिता खतिवडा घिमिरेले महिला–शिशुका स्वास्थ्यका बारेमा सहभागीलाई आधारभूत अभिमुखीकरण गरेका थिए ।

प्रशिक्षक तिवारीले डेंगीकै निश्चित उपचार नभएकाले लामखुट्टेको टोकाईबाटै जोगिनुपर्ने भएकाले अपनाउनुपर्ने सावधानीसँगै लामखुट्टेको बासस्थान खोजी गरी नष्ट गर्नुपर्ने बताए ।

मनकामना अस्पतालकी नर्सिङ प्रमुख खतिवडाले महिला स्वयं सेविकाले समाजमा प्रवाह गर्ने स्वास्थ्यका सचेतना प्रभावकारी हुने र महिला तथा शिशुको स्वास्थ्य स्थितिका बारेमा छिटो छरितो अवगत हुने भएकाले जनचेतना र छिटो उपचारको सन्दर्भमा महत्वपूर्ण भूमिका हुने स्पष्ट पारिन् ।

गैंडाकोट नगर अस्पतालका सदस्य बाबुराम पराजुलीको अध्यक्षतामा भएको कार्यक्रममा कायक्रममा उपस्थित सवैलाई स्वागत मन्तब्य ब्यक्त गर्ने क्रममा स्वास्थ्य शाखा गैंडाकोटका स्वास्थ्य निरिक्षक माधवराज आचार्यले स्वास्थ्य सम्वन्धि हासिल गरेका ज्ञानहरु महिला स्वास्थ्य स्वयं सेविकाले टोल–टोलमा रहेका स्वास्थ्य आमा समूहमार्फत समुदायमा सचेतनाका रुपमा फैलाउनु प्रभावकारी हुने भएकाले जुनसुकै चेतनामूलक जानकारी समूहमार्फत प्रवाह गर्न आग्रह गरे ।

अभिमुखीकरण कार्यक्रममा मनकामना अस्पताल भरतपुरका कार्यकारी प्रमुख दिलीप घिमिरेसहित प्रशासन, नर्सिङका अन्य स्वास्थ्य कर्मचारी, गैंडाकोट नगर अस्पतालका प्रमुख पुष्पराज श्रेष्ठ सहितका कर्मचारी समेतको आतिथ्यता रहेका थियो ।
स्वास्थ्य कार्यालय नवलपुरको आयोजना र मनकामना अस्पतालको सहयोगमा महिला स्वास्थ्य स्वयंसेविका लक्षित तत्काल २ वटा अभिमुखीकरण एउटा विनयी त्रिवेणीको सर्दी र मध्यविन्दुको चोरमारामा हुने स्वास्थ्य कार्यालय नवलपुरले जनाएको छ ।

स्वास्थ्य कार्यालयका अनुसार जिल्लाको पछिल्लो विवरणमा चालु वर्षमा ४९ जना विरामीमध्ये २२ जना निको भएका छन् । गैंडाकोटका ५ जनालाई डेंगी लागेकामा पाँचै जना निको भएका छन् । देशव्यापी रुपमा हेर्दा डेंगीको संक्रमण बढ्दो गतिमा देखिएको छ । जिल्लामा अहिले डरलाग्दो स्थिति नदेखिएपनि सावधानी नअपनाउने हो भने जोखिमको स्थिति आउन सक्नेतर्फ स्वास्थ्य कार्यालय नवलपुरले सचेत गराएको छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->