सोमबार, कार्तिक ९ २०८३

सोमबार, कार्तिक ९ २०८३
  • ९ कार्तिक २०८३ , सोमबार
  • October 26 2026

विश्वकर्मा सौन्दर्य प्रतियोगिता असोज पहिलो साता

विश्वकर्मा सौन्दर्य प्रतियोगिता असोज पहिलो साता


  • ढोरपाटन संवाददाता
  • भाद्र १७ २०८०, आइतबार

पोखरा/ विश्वकर्मा ब्रदर्स इन्टरटेन्मेन्टको आयोजनामा पोखरामा गण्डकी प्रदेशस्तरीय मिस्टर एण्ट मिस विश्वकर्मा हुने भएको छ ।

विश्वकर्मा समुदायका युवा युवतीलाई लक्षित गर्दै सौन्दर्य प्रतियोगिताको आयोजना गर्न लागिएको हो । शनिबार प्रतियोगिताबारे जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा बोल्दैै इभन्ट डाइरेक्टर पवन रामदामले विश्वकर्मा समुदायका युवा युवतीको प्रतिभा उजागर गर्ने उदेश्यका साथ प्रतियोगिता आयोजना गर्न लागेको जानकारी दिए । प्रतियोगिताको विजेताले नगद ५० हजार रुपैयाँसहित तेस्रो संस्करणको मिस्टर एण्ड मिस इन्टर कन्टिनेन्टलमा सहभागिता जनाउन पाउनेछन् । प्रतियोगिताबाट बचत हुन आउने रकम मानव सेवा आश्रम र राष्ट्रिय विश्वकर्मा संग्रहालय निर्माणमा सहयोग गर्ने रामदामले बताए ।

असोजको पाँचदेखि १९ गतेसम्म विभिन्न चरणका कार्यक्रम र २० गते ग्रान्ड फिनाले हुनेछ । प्रतियोगितामा १६ वर्षदेखी २९ वर्षसम्मका अविवाहित युवा युवतीले सहभागिता जनाउन पाउनेछन् । प्रतियोगिता सम्पन्न गर्न करिब ९ लाख ५० हजार खर्च हुने आयोजकको अनुमान छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->