पोखरा / नेपालले भारतलाई २३१ रनको लक्ष्य दिएको छ । टस हारेर ब्याटिङको निम्तो पाएको नेपालले ४८.२ ओभरमा अलआउट हुँदै २३० रन बनायो । नेपालको सुरुवात निकै सुखद् रह्यो । नेपालको ओपनरले ६५ रनको उत्कृष्ट सुरुवात गर्दै टोलीलाई अघि बढाए ।
नेपालले पहिलो विकेटको रुपमा कुशल भुर्तेललाई गुमायो । कुशल दशौं ओभरको अन्तिम बलमा क्याच आउट हुन पुगे । उनले २५ बलमा ३ चौका २ छक्कासहित ३८ रन बनाए । कुशल र आसिफले ६५ रनको साझेदारी गरे । कुशलेले त्यस अघि दुई पटक जिवन दान पाएका थिए । पहिलो ओभरको अन्तिम बलमा कुशल मल्लले जिवनदान पाए । श्रेयर्स ल्याएरले क्याच छाडेका थिए ।
कुशल भुर्तेल पाँचौ ओभरको दोस्रोबलमा पुनः जिवन दान पाए । विकेट किपरले इशान किशानले सहज बल छाड्दा कुशलले क्रिजमै टिकेका थिए । नवौं ओभरको पहिलो बलमा हार्दिक पाण्डेयको बलमा एम्पाएरले आउट दिएपनि नेपालले रिभ्यु बाट कुशल नटआउट भए । लगत्तै कुशलले चौका प्रहार गरेका थिए ।
भीम सार्की १६ औं ओभरको अन्तिम बलमा स्टम्पट आउट भए । १७ बलमा ७ रनमा आउट भए । २१.५ ओभरमा कुशल मल्ल क्याच आउट भए । २० औं आभरको अन्तिमबलमा कप्तान रोहित शर्मा आउट भए । उनी भारतका कप्तान रोहित शर्माबाट क्याचआउट भए । उनले ८ बलमा ५ रन बनाए ।
आसिफ शेख ३० औ ओभरको पाँचौ बलमा क्याच आउट भए । ९७ बलमा ८ चौकासहित ५८ रन बनाए । आसिफले ८८ बलमा भारतविरुद्ध अर्धशतक पुरा गरेका थिए । २८ औं ओभरको दोस्रो बलमा उनले अर्धशतक पुरा गरेका थिए । त्यसअघि उनले दोस्रो ओभरको पहिलो बलमा जिवन दान पाएका थिए । विराट कोहली क्याच गर्नबाट चुकेका थिए ।
३२ औं ओभरको पाँचौ बलमा गुल्सन झा क्याच आउट हुन पुगे । उनले ३५ बलमा ३ चौकासहित २३ रन जोडे । दिपेन्द्र ऐरी ४२ औं ओभरको दोस्रो बलमा एलबी डब्लु आउट भए । उनले २५ बलमा ३ चौकासहित २९ रन बनाए ।
सोमपाल कार्मी ४८ औं ओभरको दोस्रो बलमा क्याच आउट हुन पुगे । उनले ५६ बलमा १ चौका, २ छक्का सहित ४८ रन बनाए । सन्दिप लामिछाने ४८ औं ओभरको चौथो बलमा रन आउट भए । उनले १७ बलमा ९ रन बनाए । ललित राजवंशी शुन्यमा बोल्डआउट भए । करण दुई रनमा अविजित रहे ।
भारतका लागि रविन्द्र जडेजाले ३ , मोहम्मद सिराजले ३ तथा हार्दिक पाण्डेय, मोहम्मद सामी र सार्दुल ठाकुरले एक विकेट लिए ।





