बिहिबार, असोज २९ २०८३

बिहिबार, असोज २९ २०८३
  • २९ असोज २०८३ , बिहिबार
  • October 15 2026

कावासोती नगरपालिकाको गत आवको खर्च ८० प्रतिशत

कावासोती नगरपालिकाको गत आवको खर्च ८० प्रतिशत


  • खगेन्द्र पराजुली
  • भाद्र २८ २०८०, बिहिबार

नवलपुर/कावासोती नगरपालिकाको गत आर्थिक वर्ष २०७९/८० को खर्च ८० प्रतिशत रहेको छ । आर्थिक वर्ष २०७९/०८० मा १ अर्व ३३ करोड ७९ लाख ३७ हजार ६ सय ८६ रुपैयाँको अनुमानित वजेटको परिधिमा रहेर काम गर्ने क्रममा १ अर्व ७ करोड ९९ लाख ६५ हजार ७ सय ६० रूपैयाँ बराबरको वास्तविक खर्च रहेको नगरपालिकाले जनाएको छ ।

नगर प्रवला डोरमान गिरीले पत्रकार सम्मेलनमार्फत् सार्वजनिक गरेका गत वर्षको नीति तथा कार्यक्रम र वजेटको लक्ष्य अनुरूप हासिल भएका उपलब्धि तथा प्रगति प्रस्तुत विवरणमा नगरपालिकाको वास्तविक आय १ अर्व १३ करोड ३९ लाख ४ हजार ५सय ९७ रुपैयाँ रहेको उल्लेख छ ।

कावासोतीमा सवैभन्दा धेरै सामाजिक विकासका क्षेत्रमा ९२ प्रतिशत वजेट खर्च भएको देखाइएको छ भने सबैभन्दा थोरै सुशासन तथा अन्तरसम्बन्धित क्षेत्रमा ६० प्रतिशत खर्च रहेको छ ।

पाँचवटा क्षेत्रमा खर्चको स्थिति समावेश गरिएको विवरणमा कार्यालय सञ्चालन तथा प्रशासनिकतर्फ ८०, पूर्वाधार विकासतर्फ ७६ र आर्थिक विकासतर्फ ६१ प्रतिशत खर्चको स्थिति रहेको पाइएको छ ।

पत्रकार सम्मेलनमा कावासोती नगरपालिका तीव्र सहरीकरणतर्फ उन्मुख भएको अवस्था चित्रण गर्दै प्रशासनिक संरचना निर्माण, सडक–यातायातको विस्तार सुदृढीकरण, पर्यटन पूर्वाधार, खानेपानी तथा सिंचाइ पूर्वाधारहरू, विद्यालय तथा खेलकुद मैदान निर्माणजस्ता पूर्वाधारका संरचनामा नगरपालिकाले अग्रसरता देखाएको दावी गरिएको छ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->