सोमबार, कार्तिक ९ २०८३

सोमबार, कार्तिक ९ २०८३
  • ९ कार्तिक २०८३ , सोमबार
  • October 26 2026

एमाले गण्डकी अधिबेशनको उद्घाटन अध्यक्ष ओलीले गर्ने

एमाले गण्डकी अधिबेशनको उद्घाटन अध्यक्ष ओलीले गर्ने


  • ढोरपाटन संवाददाता
  • भाद्र ३० २०८०, शनिबार

पोखरा / नेकपा (एमाले) गण्डकी प्रदेशको आगामी असोज १५ र १६ गते पोखरामा हुने प्रथम अधिबेशनलाई ऐतिहासिक बनाउन ब्यापकरुपमा प्रचारप्रसार गर्ने भएको छ । शनिवार पार्टी कार्यालयमा वसेको प्रचार प्रसार उपसमितिको बैठकले सो निर्णय गरेको हो ।

बैठकमा केन्द्रिय सदस्य तथा गण्डकी प्रदेश प्रचार संयोजक राजिब पहारीले अधिबेशनलाई सभ्य र भब्य बनाउन प्रभावकारी प्रचार रणनीति तयार गर्ने उल्लेख गर्दै सो अधिबेशन ऎतिहासिक र स्मरणीय बनाउन सम्पूर्ण पार्टी नेता तथा कार्यकर्ताहरु प्रचारमा जुट्नु पर्ने वताए ।

पार्टीका प्रदेश कमिटी अध्यक्ष नवराज शर्माले अधिबेशनलाई सफल र महत्त्वपूर्ण बनाउन शसक्त प्रचार आबश्यक भएको उल्लेख गरे । बैठकमा गण्डकीका उपसचिब समेत रहेका प्रचार बिभाग प्रमुख रश्मि आचार्य, उपप्रमुख पुण्य पौडेल, प्रदेश कमिटी सचिबालय सदस्य प्रभा कोइराला, एमाले कास्कीका उपसचिव दर्शन लामा लगायतले प्रचार योजनाको सन्दर्भमा वोलेका थिए।

बैठकले अधिबेशनलाई सभ्य र भब्य रूपले सम्पन्न गर्न विभिन्न प्रचार रणनीति तय गर्दै तयारीमा शसक्त ढंगले अगाडि बढ्ने निर्णय गरेको गरेको प्रचार बिभाग सदस्य रामजी प्रसाद लम्सालले जानकारी दिए।

एमाले गण्डकीको प्रथम अधिबेशनको पार्टी अध्यक्ष केपि शर्मा ओलिले असोज १५ गते अमरसिंह चौरमा उद्घाटन गर्ने कार्यक्रम रहेको प्रचार विभाग प्रमुख रश्मी आचार्यले वताए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->