आइतबार, कार्तिक २ २०८३

आइतबार, कार्तिक २ २०८३
  • २ कार्तिक २०८३ , आइतबार
  • October 18 2026

प्रधानमन्त्री प्रचण्ड र चिनियाँ राष्ट्रपति सी बीच भेटवार्ता

प्रधानमन्त्री प्रचण्ड र चिनियाँ राष्ट्रपति सी बीच भेटवार्ता


  • ढोरपाटन संवाददाता
  • असोज ६ २०८०, शनिबार

काठमाडौं/चीनको औपचारिक भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र चीनका राष्ट्रपति सी चिनफिङबीच चीनको हाङ्झाउमा औपचारिक भेटवार्ता भएको छ ।

झेजियाङको राजधानी सहर हाङ्झाउमा १९औँ एसियाली खेलकुदको उद्घाटन समारोहअघि प्रधानमन्त्री प्रचण्ड नेतृत्वको नेपाली प्रतिनिधि मण्डल र चिनियाँ राष्ट्रपति सी नेतृत्वको टोलीबीच औपचारिक भेटवार्ता भएको हो ।

प्रधानमन्त्री प्रचण्ड संयुक्त राष्ट्रसंघको ७८औँ महासभालाई सम्बोधन गरेर आजै न्यूयोर्कबाट बेइजिङ पुगेका हुन् । उनले यही सेप्टेम्बर २२ मा राष्ट्रसङ्घीय महासभालाई सम्बोधन गरेका थिए । भ्रमण दलमा परराष्ट्रमन्त्री एनपी साउद र अन्य सदस्य छन् ।

नेपाल-चीन विकास रणनीति जोड्न चाहेका छौं: चिनियाँ राष्ट्रपति

भेटमा चिनियाँ राष्ट्रपति सी चिनफिङले नेपालसँगको द्विपक्षीय सम्बन्धमा निरन्तर प्रगतिका लागि विकासको रणनीतिमा जोड्न चाहेको बताएका छन् । प्रधानमन्त्री पुष्पकमल दाहालसँग चीनको हाङचउमा शनिबार भएको द्विपक्षीय वार्तामा चिनियाँ राष्ट्रपति सीले नेपालसँगको सम्बन्धलाई चीनले अति महत्व दिएको बताए ।

‘सीले चीन-नेपालको सम्बन्धलाई अति महत्व दिएको जोड दिनुभयो र द्विपक्षीय सम्बन्धमा निरन्तर नयाँ प्रगति प्रवर्द्धन गर्नका लागि विकासको रणनीतिमा जोड्ने कार्यलाई सशक्त बनाउन चाहेको बताउनु भएको छ,’ भेटपछि नेपालका लागि चिनियाँ राजदूत छन सोङले एक्समा लेखेका छन् ।

‘चिनियाँ राष्ट्रपति सीले श्रृंखलाबद्ध अघि सारेको अवधारणा तथा पहलकदमीलाई समर्थन गर्ने बताउनुभएको छ । अन्तर्राष्ट्रिय व्यवस्थालाई थप न्यायोचित र उचित दिशामा विकासलाई प्रवर्द्धन गर्न, विकासशील राष्ट्रहरुको साझा स्वार्थको संरक्षण गर्न र मानव जातिको साझा भविष्यको समुदाय विकास गर्नका लागि चीनसँग काम गर्न चाहेको बताएका छन् ।’

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->