शनिबार, कार्तिक २१ २०८३

शनिबार, कार्तिक २१ २०८३
  • २१ कार्तिक २०८३ , शनिबार
  • November 7 2026

दाबी भुक्तानीलाई सहज बनाउन बीमा प्राधिकरणलाई मुख्यमन्त्री पाण्डेको सुझाब

दाबी भुक्तानीलाई सहज बनाउन बीमा प्राधिकरणलाई मुख्यमन्त्री पाण्डेको सुझाब


  • ढोरपाटन संवाददाता
  • असोज १२ २०८०, शुक्रबार

पोखरा/ गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले बीमा दाबी भुक्तानीलाई सहज बनाउन बीमा प्राधिकरणलाई सुझाव दिएका छन् ।

बिहीबार नेपाल बीमा प्राधिकरणसँगको छलफलमा मुख्यमन्त्री पाण्डेले भने,‘बीमा गराउँदा कम्पनीहरुले जति सजिलोगरी गराउनुहुन्छ दाबी भुक्तानीमा त्यति सजिलो देखिँदैन, दाबी भुक्तानी भएन भनेर सर्वसाधारण नागरिकले गुनासो गर्नुहुन्छ,बीमा प्राधिकरणले यो सुधार गर्नुपर्छ ।’

बीमा गराउँदा दिएको आश्वासन दाबी भुक्तानीमा नपाएपछि बीमित निराश हुन सक्नेतर्फ ध्यान दिनु उनले सुझाए । मुख्यमन्त्री पाण्डेले बिमाको बारेमा अहिले पनि सर्वसाधारण सबैलाई जानकारी नभएको बताउँदै सचेतनामा पनि ध्यान दिनुपर्नेमा जोड दिए ।

नेपाल बीमा प्राधिकरणका अध्यक्ष सूर्यप्रसाद सिलवालले प्रदेशले नीति बनाउँदा बीमासम्बन्धी व्यवस्थालाई प्राथमिकता दिन अनुरोध गरे । गण्डकी प्रदेश भित्र २७ दशमलव ४३ प्रतिशत मानिस बीमाको पहुँचमा छन् । देशभर भने ४४ दशमलव ३८ प्रतिशत मानिस बीमाको पहुँचमा छन् । नेपालमा जिवन बीमाको पहुँच धेरै रहेको प्राधिकरणले जनाएको छ । कृषि तथा पशुपंक्षी बीमामा संघ सरकारले ८० प्रतिशत र प्रदेश सरकारले २० प्रतिशत गरी शत्प्रतिशत अनुदानको व्यवस्था रहेको बीमा प्राधिकरणले जनाएको छ ।

गण्डकी प्रदेशभित्र एक सय १६ बीमा कम्पनीमा ४८० जना कर्मचारी कार्यरत छन् । बीमा प्राधिकरणसँगको अन्तरक्रियामा गण्डकी प्रदेशका मन्त्रीहरु, प्रमुख सचिव, सचिवहरुलगायतको सहभागीता थियो ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->