शुक्रबार, असोज ३० २०८३

शुक्रबार, असोज ३० २०८३
  • ३० असोज २०८३ , शुक्रबार
  • October 16 2026

मोना पोर्तुगलको अध्यक्षमा नरप्रसाद फगामी

मोना पोर्तुगलको अध्यक्षमा नरप्रसाद फगामी


  • ढोरपाटन संवाददाता
  • असोज १६ २०८०, मंगलबार

बेनी/म्याग्दी प्रवासी नेपाली संघ(मोना)पोर्तुगलको आठौँ महाधिवेशनबाट अध्यक्षमा मंगला गाउँपालिका वडा नं ५ अर्मन किमचौरका नरप्रसाद फगामीको अध्यक्षतामा नयाँ कार्यसमिति चयन भएको छ । आइतबार सम्पन्न भएको अधिवेशनबाट बरिष्ठ उपाध्यक्ष विकास सुबेदी, उपाध्यक्ष रमेश पुन, होमबहादुर छन्त्याल, सन्देश पुन, महिला उपाध्यक्ष टिका गर्बुजा, महासचिव तेजिन्द्र छन्त्याल, लोकबहादुर घर्तीमगर, मोहन बानियाँ रहेका छन् ।

कार्यसमितिको कोषाध्यक्षमा कल्पना जुग्जाली, सह–कोषाध्यक्ष उत्तम थजाली, यूवा संयोजक भविन पुन, खेलकुद संयोजक इन्द्र रोका, सह–संयोजक निरार मल्ल, सांस्कृतिक संयोजक नरेन छन्त्याल, सह–संयोजक सिमा पुन, कार्यसमिति सदस्यहरूमा भिमप्रसाद रोका, कुजन पुन, राजुमान गर्बुजा, निलकुमारी फगामी, दिशान्त थापा, रमेश छन्त्याल,प्रवेश पुन, धनबहादुर मल्ल, हर्क गुरुङ, कविन पाइजा,केमसरा जुग्जाली, मनोज थापामगर रहेको छ । मोना पोर्तुगलको संरक्षकमा रविन पुन, सल्लाहकारहरुमा वकिल केसी, राजिन भण्डारी, धन थापा रहेको महासचिव तेजिन्द्र छन्त्यालले बताए । महाधिवेशनको उद्घाटन गदै पोर्चुगलमा अवैतनिक वाणिज्यदूत मकरबहादुर हमालले नेपाली संघसंस्थामार्फत धेरै रचनात्मक कार्यहरु भएको बताए । यूरोपमा देशहरुमा समस्यामा परेका नेपालीलाई आवश्यकता अनुसारको सहयोग गर्नुपर्नेमा जोड दिए ।

त्यस्तै मोना अन्तराष्ट्रियका निर्वतमान बरिष्ठ उपाध्यक्ष मिम पूर्जाले प्रवासमा रहेका म्याग्देलीहरूलाई एकजुट बनाएर समृद्ध म्याग्दीको अभियानमा लाग्ने बताए। उनले विश्वभर पुगेका म्याग्देलीलाई मोनाको सञ्जालमा आवद्ध बनाउने गरी काम गर्ने प्रतिबद्धता समेत जनाए । महाधिवेशनमा मेरो डान्स यूनिर्भसकी उपविजेता देवि गर्बुजा मगरको प्रस्तुतिसँगै सम्मान गरिएको थियो भने पुन रोका, अर्जुन सोनाम, सुवास पुन, मेखु घर्ती लगायतले सागितिक प्रस्तुती समेत दिएका थिए । यसैबीच नवनिर्वाचत अध्यक्ष फगामीले पोर्तुगलमा रहेका म्याग्देलीलाई मोनाको अभियानमा जोडिन अनुरोध गदैं संस्थामार्फत् हुने सबै सहयोग गर्ने बताए ।

 

 

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->