आइतबार, कार्तिक २ २०८३

आइतबार, कार्तिक २ २०८३
  • २ कार्तिक २०८३ , आइतबार
  • October 18 2026

नेपाली बिधार्थी लिएर इजरायलबाट उड्यो विमान

नेपाली बिधार्थी लिएर इजरायलबाट उड्यो विमान


  • ढोरपाटन संवाददाता
  • असोज २५ २०८०, बिहिबार

काठमाडौं / इजरायलमा रहेका २५३ नेपाली नागरिक लिएर नेपाल एयरलाइन्सको विमान उडेको छ । विद्यार्थीसहित परराष्ट्रमन्त्री एनपी साउदलगायत सरकारी अधिकारी सवार विमान स्थानीय समयअनुसार २ बजेर ३२ मिनेट (नेपाली समय ५ बजेर १७ मिनेट) मा उडान भरेको हो ।

इजरायलबाट नेपाली बोकेको विमान शुक्रबार बिहान साढे १ बजे आइपुग्ने पराराष्ट्र मन्त्रालयले जनाएको छ । उद्धारका लागि बिहीबार बिहान दुबई हुँदै गएको नेपाल एयरलाइन्सको विमान तेलअभिभस्थित बेन गुरियन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण भएको थियो ।

शनिबार हमास समूहको आक्रमणमा परी १० नेपाली विद्यार्थीको निधन भएको थियो भने केही घाइते भएका थिए। एक जना नेपालीको अवस्था अझै अज्ञात छ।

इजरायलस्थित नेपाली राजदूतावासले नपाली नागरिकलाई सुरक्षित स्थानमा सर्न र उद्धार हुन आग्रह गर्दै नेपाल फर्कन चाहने नेपालीहरूको विवरण अनलाइन रजिष्ट्रेशन प्रणालीमार्फत सङ्कलन गरिरहेको छ। हालसम्म तीन सय ५० भन्दा बढी नेपाली नागरिकले आफ्नो विवरण उपलब्ध गराएका छन्।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->