पोखरा/ त्रिकोणात्मक टि२०आई सिरिज अन्तर्गत समूह चरणको अन्तिम खेलमा नेपालले टस जितेर फिल्डीङ रोजेको छ ।
मुलपानीस्थित क्रिकेट मैदानमा हुने खेलमा नेपालले टस जितेको हो । नेपालले लिगका सबै खेलमा टस जितेको छ । नेपाल समूहको ३ खेल जित्दै फाइनलमा प्रवेश गरिसकेको छ । यूएईले आजको खेलमा जित हासिल गरे फाइनल प्रवेश गर्नेछ ।
नेपालको टोली : आसिफ शेख, कुशल भुर्तेल, कुशल मल्ल, रोहित पौडेल, दीपेन्द्रसिंह ऐरी, सन्दीप जोरा, विवेक यादव, सोमपाल कामी, गुलशन झा, करण केसी, अभिनाश बोहोरा
यूएईको टोली : मुहमद वसीम, वृत्य अरविन्द, खालिद शाह, आलिशान सराफु, आसिफ खान, बसिल हमिद, नसिर अली, निलांश केश्वनी, जहुर खान, मुहमद जवादुल्लाह, अकिफ राजा
(सम्बन्धित समाचार https://dhorpatannews.com/2023/10/103244/)





