सोमबार, भाद्र ८ २०८३

सोमबार, भाद्र ८ २०८३
  • ८ भाद्र २०८३ , सोमबार
  • August 24 2026

कति बलमा कति रन बन्छ, त्यो हेरेर मेन्टालिटी बनाउँछु : दिपेन्द्र

कति बलमा कति रन बन्छ, त्यो हेरेर मेन्टालिटी बनाउँछु : दिपेन्द्र


  • विजय नेपाली
  • कार्तिक ६ २०८०, सोमबार

पोखरा /नेपालका अलराउन्डर दिपेन्द्र सिंह ऐरीले आफुले खेल हेरेर कति बलमा कति रन आउँछ त्यसको हिसाब गरेर आफु तयार हुने प्रतिक्रिया दिएका छन् ।

युएई विरुद्धको खेलमा जित हासिल पश्चात प्रतिक्रिया दिदैँ ऐरीले आफ्नो रोल मध्यक्रमा ब्याटिङ गर्ने र धेरै रन बनाउने रहेको स्पष्ट पारे ।
लगातार जित हासिल गरिरहेको नेपालले आफ्नो अन्तिम खेलमा युएईसँग भिड्दा सुरुवातमै २ विकेट गुुमाउन पुुगेको थियो ।

खराब सुरुवात गरेको नेपालका लागि आसिफ सेख र कप्तान रोहित पौडेलले उत्कृष्ट साझेदारी गर्दै इनिङ उकासिरहेका थिए । १५.२ ओभरमा आसिफ बोल्ड आउट हुन पुुगे ।

मोहम्मद जवादुल्लाको बलमा बोल्ड आउट भए । आसिफ आउट हुँदा नेपाल ११०/४ को स्थितिमा पुग्यो । नेपालसँग विकेट पर्याप्त भएपनि बल जटिल स्थितिमा थियो । पाँचौ विकेटका लागि दिपेन्द्र क्रिजमा पुुगे । त्यतिबेला नेपाललाई जितका लागि २८ बलमा ५५ रनको आवश्यकता थियो । दिपेन्द्रले पहिलो बलमै छक्का प्रहार गर्दै राम्रो सुुरुवात गरे ।

उनको त्यो सुरुवातमा युुवराज सिंहको कीर्तिमानी बराबरी रह्यो । उनले १५ बलमा ४० रन बनाउँदै जित दिलाए । दिपेन्द्रले १५ बलमा ६चौका र १ छक्का प्रहार गर्दै नटआउट रहे । उनी खेलको प्लेयर अफ दी म्याच घोषित भए । उनको योगदान सँगै नेपाल पाँच विकेटले विजयी भयो

https://dhorpatannews.com/2023/10/103261/

पछिल्लो समय नेपालले राम्रा टिमसँग सामना गर्दा खेल स्तरमा वृद्धि भएको सुनाए । यु्एई विरुद्धको खेलमा आफुलाई थोरै बलमा धेरै रन ल्याउन रहेको र सोही अनुसार आफु तयार भएको गएको उनले बताए ।

‘हामीले एकदमै राम्रो खेलिरहेका छौं । विगत एक दुई महिनामा राम्रो टिमहरुसँग खेलिरहेका छौं । त्यसपछिको हाम्रो खेल बढिरहेको छ । एक अर्कामा विश्वास पनि छ त्यसैले हामी जिततर्फ छौं’ उनले भने, ‘कम बलमा बढि रन चाहिएको छ । विकेट हाम्रो हातमा थियो । आउने वित्तिकै मैले पोजेटिभ्ली खेल्नुुथियो । त्यपछि पोजेटिभ नै लागे र जित हासिल ग¥यौ ।’

उनले दिपेन्द्रको बिचमा खेल खस्किएको भन्ने प्रश्नमा आफ्नो खेल कहिल्यै नखस्किएको प्रतिक्रिया दिए । उनले आफुु फर्ममै रहेको बताउँदै प्रशिक्षक र क्याप्टेनले निकै सहयोग गरेको सुनाए । टि२० मा आफ्नो भूमिका नै मध्यक्रममा क्रिजमा पुुग्ने र बढीभन्दा बढी रन बनाउने रहेको कारण सद्यैँ मानसिक रुपमा तयार रहेको उनको भनाई थियो ।

‘रोल नै मेरो पछि छ । टि २० मा रन बनाउने । मेन्टालिटी कति बलमा कति रन त्यो क्यालकुलेट गरेर खेल्छु, यो ओभरमा कता रन बन्छ भनेर म खेल्छु ।’ उनले नेपालले टि२० विश्वकपका लागि यसरी नै खेलहरु निरन्तर खेल्नुपर्नेमा उनको जोड थियो । तगातर अन्तर्राष्ट्रिय स्तरका खेल खेलेमा विश्वकप खेल्न समस्या नहुने उनले सुनाए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->