आइतबार, कार्तिक २ २०८३

आइतबार, कार्तिक २ २०८३
  • २ कार्तिक २०८३ , आइतबार
  • October 18 2026

महासचिव गुटेरेसलाई पोखरामा माला र ढाका टोपीले स्वागत…

महासचिव गुटेरेसलाई पोखरामा माला र ढाका टोपीले स्वागत…


  • ढोरपाटन संवाददाता
  • कार्तिक १३ २०८०, सोमबार

पोखरा / नेपाल भ्रमणमा रहेका संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेस सोमबार पोखरा आइपुगेका छन् । उनी सेनाको जहाजमार्फत् पोखराको पुरानो विमानस्थलमा ओर्लिएका हुन् ।

उनलाई गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले फूलको माला र पोखरा महानगरका प्रमुख धनराज आचार्यले ढाकाटोपी पहिराएर स्वागत गरे ।

उनी विमानस्थलबाट लेकसाइडको फिस्टेल रिसोर्टमा बास बस्न पुगेका छन् । मंगलबार बिहान ६स्३० बजे उनी सेनाकै हेलिकप्टरमा अन्नपूर्ण आधार शिविर पुग्नेछन् ।

समुद्री सतहबाट ४ हजार १ सय ३० मिटर उचाइमा रहेको आधार शिविरमा उनले जलवायु परिवर्तनले स्थानीयको दैनिक जीविकोपार्जनमा पारेको असरबारे बुझ्नेछन् । स्थानीयले आफ्ना समस्या सुनाउने छन् ।

उनलाई कास्कीको अन्नपूर्ण गाउँपालिका, अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) र स्थानीयले स्वागत गर्नेछन् । उनलाई स्वागत गर्न आधार शिविरमा छुट्टै हेलिप्याड बनाइएको छ ।

पोखराबाट हेलिकप्टरमा कार्पेट पुर्याइएको छ । मंगलबार उनी आधारशिविरबाट फर्किएर पोखरा विमानस्थलमा पत्रकार भेटघाटमा सरिक हुनेछन् । त्यसपछि उनी मंगलबार नै लुम्बिनी जाने कार्यक्रम छ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->