शुक्रबार, असोज ३० २०८३

शुक्रबार, असोज ३० २०८३
  • ३० असोज २०८३ , शुक्रबार
  • October 16 2026

पर्वतारोही निर्मल पुर्जाले म्याग्दीबाट लिए गैरआवासीय नेपाली नागरिकता

पर्वतारोही निर्मल पुर्जाले म्याग्दीबाट लिए गैरआवासीय नेपाली नागरिकता


  • ढोरपाटन संवाददाता
  • कार्तिक २३ २०८०, बिहिबार

म्याग्दी / कीर्तिमानी पर्वतारोही निर्मल पुर्जाले गैरआवासीय नेपाली नागरिकता लिएका छन्। विश्वका ८ हजार मिटर उचाइका १४ वटै हिमाल ६ महिना ६ दिनभित्र चढेर कीर्तिमान बनाएका पुर्जाले बिहीबार म्याग्दी जिल्ला प्रशासन कार्यालयबाट नागरिकता लिएका हुन्।

उनलाई प्रमुख जिल्ला अधिकारी तुलसीराम पाैडेलले नागरिकता हस्तान्तरण गरे।

‘यतिखेर मलाई निकै गौरवको अनुभूति भएको छ,’ नागरिकता प्राप्त गरेपछि पुर्जाले भने, ‘जहाँसुकै पनि तिमी को हौ भनेर सोध्दा म नेपाली भनेर आफ्नो परिचय दिन्छु। मेरो आफ्नो आमाजत्तिकै जन्मभूमिप्रति माया छ। मेरो रगतका कणकणमा नेपाल छ। आगामी दिनमा नेपाललाई अन्तर्राष्ट्रिय मञ्चमा चिनाउन अझै प्रयासरत रहन्छु।’
म्याग्दीको दानामा जन्मेका पुर्जाले १६ वर्ष बेलायती गोर्खा सेना र युके स्पेसल फोर्समा सेवा गरेका छन्। पुर्जाले हिउँद याममा विश्वको दोस्रो ठूलो हिमाल केटु चढ्ने पहिलो नेपाली टोलीको सदस्यका रूपमा पनि कीर्तिमान बनाएका छन्।
निम्सदाइ उपनामले पनि चिनिने उनी नेपाल पर्यटन बोर्डका विश्व सद्भावना दूतसमेत हुन्। उनले नेपालको पर्यटन र संस्कृतिबारे विश्वभरि प्रचारप्रसारका लागि पनि काम गरिरहेका छन्।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->