नजिकको सरकार स्थानीय तहले जनताका जनजीविकासँग जोडिएर काम गरिरहेका छन् । जनताका हरेक दुःख, सुख स्थानीय तहसँग जोडिन्छन् । विपत् होस वा विकासमा सर्वसाधारणले स्थानीय सरकारको साथ खोजिरहेका छन् । नजिकको सरकार भएकाले स्थानीय तहसँग जनताको अपेक्षा धेरै हुनु स्वभाविक हो । कसरी चलेका छन् स्थानीय तह ? गरेका काम प्रभावकारी छन् त ? के स्थानीय तहले गरेका कामले जनताको सुविधा थप भएको छ ? यी र यस्तै बिषयमा हामिले समय समयमा स्थानीय तहलाई प्रश्न गर्ने गरेका छौं । प्रस्तुत छ बागलुङको वडिगाड गाउँपालिका अध्यक्ष गण्डकी थापा अधिकारीसँग ढोरपाटन न्युजका लागि हाम्रा सहकर्मीले गरेको कुराकानीको सम्पादित अंश ।
कसरी चलिरहेको छ गाँउपालिका ?
विकास निर्माणका हरेक गतिविधी तथा योजना कार्यान्वयनमा सबैसंग समन्वय र सहकार्य गरिरहेका छौं । अधिकाशं योजना कार्यान्वयन सामुहिक छलफलबाटै हुने गरेको छ । बडिगाड गाँउपालिका नियम काुनन विधि र पद्धतिका आधारमा चलिरहेको छ ।
चुनावअघि देखेका सपना पुरा गर्ने आधार बनेका छन् ?
काम गर्ने सिलसिलामा केही कठिनाई हुनु स्वभाविक हो । आफुले देखेका सपना र समग्र गाँउबासीको चाहना अनुरुपका कार्य गर्नका लागि हामी लागिपरेका छौ । समय अझै बाँकी रहेकाले सपना पुरा हुने आशा लिएका छौं ।
तपाईले बनाएका विधी कर्मचारीले गरेका काम र सर्वसाधारणका सन्तुष्टि मापन गर्नुभएको छ ?
गाँउबासीका आवश्यकता असिमित छन् । हामीले सिमित साधन श्रोतबाट जनताका असिमित आवश्यकता पुरा गर्न अप्ठ्यारो हुन्छ । तैपनि अधिकांश गाँउबासी सन्तुष्ट हुनुहुन्छ । हामीले चौमासिक रुपमा सार्वजनिक सुनुवाई गर्ने गरेका छौ ।
कस्तो गाँउ बनाउने गरी काम गर्नुभएको छ ?
गाँउपालिकालाई स्मार्ट भिलेजको परिकल्पना गरेका छौं र सोही अनुसार काम गरीरहेका छौ ।
पाँचबर्ष पुरा गर्दा गर्व गर्नेगरी देखिने काम के हुनेछन त ?
हालसम्म आउँदा केही महत्वपूर्ण काम भएका छन् । तर अझै समय धेरै बाँकी छ । सो अवधिमा धेरै गर्व गर्न लायक काम गर्नेछौ ।





