सोमबार, भाद्र ८ २०८३

सोमबार, भाद्र ८ २०८३
  • ८ भाद्र २०८३ , सोमबार
  • August 24 2026

पोखरामा नेपाल–चीन क्रस कन्ट्रि दौड हुने

पोखरामा नेपाल–चीन क्रस कन्ट्रि दौड हुने


  • ढोरपाटन संवाददाता
  • मंसिर २ २०८०, शनिबार

पोखरा/ पोखरामा नेपाल–चीन क्रस कन्ट्रि दौड प्रतियोगिता हुने भएको छ । पोखरा महानगरपालिका, चिनियाँ राजदुतावास र नेपाल पर्यटन बोर्डको संयुक्त आयोजनामा उक्त प्रतियोगिता हुन लागेको हो ।

पर्यटन प्रवद्र्धन गर्ने लक्ष्यका साथ प्रतियोगिता आयोजना गर्न लागेको विश्वशंकर पालिखेले जानकारी दिए । शनिबार आयोजित पत्रकार भेटघाट कार्यक्रममा प्रतियोगिता बारे जानकारी दिदैँ उनले चार इभेन्टमा प्रतियोगिता हुने सुनाए । उनका अनुसार मुख्य गरी दुई इभेन्ट हुनेछन् ।

बाकीँ दुई भने अन्य इभेन्ट हुनेछन् । मुख्य इभेन्टतर्फ टिम इभेन्ट र एकल इभेन्ट हुनेछ । टिम इभेन्ट विजेताले तीन लाख ६० हजार रुपैयाँ प्राप्त गर्नेछन् । दोस्रो हुनेले दुई लाख ८८ हजार, तेस्रो हुनेले दुई लाख १६ हजार, चौथो हुनेले एक लाख ४४ हजार र पाचौँ हुनेले ९० हजार रुपैयाँ प्राप्त गर्नेछन् ।

यस्तै एकल तर्फको विजेता, प्रथम, दोस्रो, तेस्रो हुनेले क्रमशः एक लाख ४४ हजार, एक लाख आठ हजार र ५४ हजार रुपैयाँ प्राप्त गर्नेछन् । चौथो देखी सातौं स्थानसम्म आउनेले १८ हजार र आठौं देखी दशौंसम्मले ९ हजार रुपैयाँ प्राप्त गर्नेछन् ।

५ किमि विद्यार्थी ( छात्र-छात्रा) दौड प्रतियोगिताको विजेताले समान २५-२५ हजार रुपैयाँ पाउनेछन् । दोस्रो। तेस्रो चौथो र पाँचौ स्थान हासिल गर्नेले क्रमशः २० हजार, १५ हजार, १० हजार र पाँच हजार रुपैयाँ प्राप्त गर्नेछन् ।

प्रतियोगिताको मुख्य इभेन्टका लागि चीनबाट एक सय चार जनाको टोली पोखरा आउँदैछन् । प्रतियोगितामा १० नेपाली र १० चीनियाँ टिम हुनेछन् ।

प्रतियोगितामा नेपाल भुतपूर्व खेलाडी मञ्च र युनान प्रदेश खेलकुद ब्युरो प्राविधिकको रुपमा रहनेछन् भने चीनबाट १६ जना चिकित्सकको टोली समेत रहनेछ ।

पोखरा महानगरपालिकाका प्रवक्ता मोतिलाल तिम्सिनाले पोखरामा साहसिक खेल पर्यटनको प्रचुर सम्भावना रहेको र त्यसको भरपुर उपभोग गर्न आवश्यकता रहेको बताए । उनले साहसिक खेलले पर्यटनमा ठूलो भूमिका खेल्ने बताए ।

 

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->