पोखरा / आईसिसी मेन्स क्रिकेट विश्वकपको फाइनलमा भारतले अष्टे«ेलियालाई २ सय ४१ रनको लक्ष्य दिएको छ । विश्वकपमा कुनैपनि खेल नहारेको भारत ५० ओभरमा अलआउट हुन पुग्यो ।
भारत अलआउट भएको जारी विश्वकपमा पहिलो पटक हो । फिल्डीङमा उत्कृष्ट प्रदर्शन गरेको अष्टे«लियाले निकै फर्ममा रहेका भारतीय ब्याट्सम्यानहरुलाई त्यति चल्न भने दिएन । अहेम्दाबादस्थित नरेन्द्र मोदी क्रिकेट रंगशालामा टस हारेर ब्याटिङको निम्तो पाएको भारतले पहिलो विकेटको रुपमा शुभम गिललाई चार रनमा गुमायो । मिचेल स्टार्कले पाँचौ ओभरको दोस्रो बलमा एडम जाम्पाबाट क्याच आउट गराए ।
दशौं ओभरको चौथो बलमा कप्तान रोहित शर्मा आउट भए । हेडले उत्कृष्ट क्याच गर्दै महत्वपूर्ण विकेट लिए । उनले ३१ बलमा ४ चौका, ३ छक्का प्रहार गर्दै ४७ रन बनाए । लगत्तै ११ औं ओभरको दोस्रो बलमा भारतले तेस्रो विकेट गुमाउन पुग्यो । कुम्मिन्सको बलमा श्रेयर्स लेयर ४ रनमा आउट भए । विराट कोहली २९ औं ओभरको तेस्रो बलमा बोल्ड आउट हुन पुगे । उनले ६३ बलमा ४ चौका प्रहार गर्दै ५४ रन जोडे ।
त्यसपछि भने भारत दबाबमा प¥यो । भारतले २९ ओभरको समाप्तीसम्ममा १४९ रनमा ४ विकेट गुमाइ सकेको थियो । ३६ औं ओभरको पाँचौ बलमा हाज्लेवुडले रविन्द्र जडेजालाई विकेट किपर इंग्लििसबाट क्याच आउट गराए । उनले ९ रनमात्र जोडे । ४२ औं ओभरको तेस्रो बलमा स्टार्कले के एल राहुललाई इंग्लिसबाटै क्याच आउट गराए ।
उनले १०७ रनमा १ चौका प्रहार गर्दै ६६ रन बनाए । ४४ औं ओभरको चौथो बलमा स्टार्कले मोहम्मद शामीलाई ६ रनमा क्याच आउट गराए । ४५ औं ओभरको पाँचौ बलमा जाम्पाले जसप्रीतम बुमराहलाई एलबीडब्लु आउट गराए । ४८ औं ओभरको तेस्रो बलमा हाज्लेवुडले सुर्य कुमारलाई आउट गरे । १८ रनमा क्याच आउट गराए । ५० औं ओभरको अन्तिम बलमा कुलदिप यादव रन आउट हुन पुगे ।
मोहम्मद सिराजले ९ रन जोडे ।
अष्टे«ेलियाको लागि मिचेल स्टार्कले १० ओभरमा ५५ रन खर्चेर ३ विकेट लिए । प्याट कम्मिन्स र एडम जाम्पा र जोश हजलेवुडले समान २/२ तथा ग्लेन म्याक्सवेल र आडम जाम्पाले १/१ विकेट लिए ।





