पोखरा / आईसीसी मेन्स क्रीकेट विश्वकपमा एक खेल हार्दा भारत विश्व विजेता बन्नबाट रोकिएको छ । घरेलु मैदानमा भएको विश्वकपमा अपराजित यात्रामा अघि बढेको भारत फाइनल खेलमा भने अष्ट्रेलियासँग ६ विकेटले पराजित भएको छ ।
जारी विश्वकपको सबैभन्दा सफल टिमको रुपमा घोषित भारत अन्ततः उपाधी चुम्नबाट निरीह भयो ।
जितका लागि २ सय ४१ रनको विजयी लक्ष्य पछ्याएको अस्ट्रेलियाले ४३ ओभरमा ४ विकेट गुमाउँदै छैटौं पटक विश्वकप उचालेको हो ।
अस्ट्रेलियाको लागि ट्राभिस हेडले १३७ रनको उत्कृष्ट पारी खेले । जितका लागि अन्तिम २ रन बाकी रहेको स्थितिमा उनले लामो सट खेल्ने क्रममा क्याच आउट भएपछी । ग्लेन म्याक्सवेलले दुई रन जोड्दै विश्वकप जिताए । हेडले १२० बलमा १५ चौका र ४ छक्का प्रहार गरे ।
मार्नस लाबुसहगे ५८ रनमा नटआउट रहे । उनले ११० बलमा ४ चौका प्रहार गरे ।
ओपनर डेभिड वार्नर ७ रनमा आउट भए । मिचेल मार्स १५ रनमा आउट भए । स्टेभन स्मिथ ४ रनमा आउट भए ।
भारतका लागि जसप्रीत बुम्राहले दुई तथा मोहम्मद शामी र मोहम्मद सिराजले एक एक विकेट लिए ।
त्यस अघि अहेम्दाबादस्थित नरेन्द्र मोदी क्रिकेट रंगशालामा टस हारेर ब्याटिङको निम्तो पाएको भारत ५० ओभरमा २ सय ४० रनमा अलआउट हुन पुग्यो ।
भारतले पहिलो विकेटको रुपमा शुभम गिललाई चार रनमा गुमायो । मिचेल स्टार्कले पाँचौ ओभरको दोस्रो बलमा एडम जाम्पाबाट क्याच आउट गराए ।
दशौं ओभरको चौथो बलमा कप्तान रोहित शर्मा आउट भए । हेडले उत्कृष्ट क्याच गर्दै महत्वपूर्ण विकेट लिए । उनले ३१ बलमा ४ चौका, ३ छक्का प्रहार गर्दै ४७ रन बनाए । लगत्तै ११ औं ओभरको दोस्रो बलमा भारतले तेस्रो विकेट गुमाउन पुग्यो । कुम्मिन्सको बलमा श्रेयर्स लेयर ४ रनमा आउट भए । विराट कोहली २९ औं ओभरको तेस्रो बलमा बोल्ड आउट हुन पुगे । उनले ६३ बलमा ४ चौका प्रहार गर्दै ५४ रन जोडे ।

त्यसपछि भने भारत दबाबमा प¥यो । भारतले २९ ओभरको समाप्तीसम्ममा १४९ रनमा ४ विकेट गुमाइ सकेको थियो । ३६ औं ओभरको पाँचौ बलमा हाज्लेवुडले रविन्द्र जडेजालाई विकेट किपर इंग्लििसबाट क्याच आउट गराए । उनले ९ रनमात्र जोडे । ४२ औं ओभरको तेस्रो बलमा स्टार्कले के एल राहुललाई इंग्लिसबाटै क्याच आउट गराए ।
उनले १०७ रनमा १ चौका प्रहार गर्दै ६६ रन बनाए । ४४ औं ओभरको चौथो बलमा स्टार्कले मोहम्मद शामीलाई ६ रनमा क्याच आउट गराए । ४५ औं ओभरको पाँचौ बलमा जाम्पाले जसप्रीतम बुमराहलाई एलबीडब्लु आउट गराए । ४८ औं ओभरको तेस्रो बलमा हाज्लेवुडले सुर्य कुमारलाई आउट गरे । १८ रनमा क्याच आउट गराए । ५० औं ओभरको अन्तिम बलमा कुलदिप यादव रन आउट हुन पुगे । मोहम्मद सिराजले ९ रन जोडे ।
अष्टे«ेलियाको लागि मिचेल स्टार्कले १० ओभरमा ५५ रन खर्चेर ३ विकेट लिए । प्याट कम्मिन्स र एडम जाम्पा र जोश हजलेवुडले समान २/२ तथा ग्लेन म्याक्सवेल र आडम जाम्पाले १/१ विकेट लिए ।





