सोमबार, भाद्र ८ २०८३

सोमबार, भाद्र ८ २०८३
  • ८ भाद्र २०८३ , सोमबार
  • August 24 2026

पोखरामा नेपाल-चीन क्रस कन्ट्री दौड सुरु (फोटो फिचर)

पोखरामा नेपाल-चीन क्रस कन्ट्री दौड सुरु (फोटो फिचर)


  • ढोरपाटन संवाददाता
  • मंसिर ९ २०८०, शनिबार

पोखरा/ पोखरामा नेपाल-चीन क्रस कन्ट्री दौड प्रतियोगिता सुरु भएको छ । पोखरा महानगरपालिका, चिनियाँ राजदुतावास र नेपाल पर्यटन बोर्डको संयुक्त आयोजनामा प्रतियोगिता भएको हो । प्रतियोगितामा मुख्य गरी दुई इभेन्ट हुनेछन् ।

प्रतियोगिताको उद्घाटन गर्दै गण्डकी प्रदेशका मुख्य मन्त्री सुरेन्द्रराज पाण्डेले पोखरामा पर्यटन र आर्थिक विकासका लागि चिन सरकारले सहयोग गर्ने अपेक्षा रहेको बताए ।

टिम इभेन्ट विजेताले तीन लाख ६० हजार रुपैयाँ प्राप्त गर्नेछन् । दोस्रो हुनेले दुई लाख ८८ हजार, तेस्रो हुनेले दुई लाख १६ हजार, चौथो हुनेले एक लाख ४४ हजार र पाचौँ हुनेले ९० हजार रुपैयाँ प्राप्त गर्नेछन् ।

यस्तै एकल तर्फको विजेता, प्रथम, दोस्रो, तेस्रो हुनेले क्रमशः एक लाख ४४ हजार, एक लाख आठ हजार र ५४ हजार रुपैयाँ प्राप्त गर्नेछन् । चौथो देखी सातौं स्थानसम्म आउनेले १८ हजार र आठौं देखी दशौंसम्मले ९ हजार रुपैयाँ प्राप्त गर्नेछन् ।

५ किमि विद्यार्थी (छात्र-छात्रा) दौड प्रतियोगिताको विजेताले समान २५-२५ हजार रुपैयाँ पाउनेछन् । दोस्रो, तेस्रो, चौथो र पाँचौ स्थान हासिल गर्नेले क्रमशः २० हजार, १५ हजार, १० हजार र पाँच हजार रुपैयाँ प्राप्त गर्नेछन् ।

तस्विरहरुमा प्रतियोगिता :

(तस्वीर : फोटो पत्रकार वसन्त शेर्पा )

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->