सोमबार, भाद्र ८ २०८३

सोमबार, भाद्र ८ २०८३
  • ८ भाद्र २०८३ , सोमबार
  • August 24 2026

केपी ओली कप : आर्मी र मधेशको जीत

केपी ओली कप : आर्मी र मधेशको जीत


  • ढोरपाटन संवाददाता
  • मंसिर १२ २०८०, मंगलबार

पोखरा / पोखरामा जारी केपी ओली कप टी२० राष्ट्रिय क्रिकेट प्रतियोगितामा त्रिभुवन आर्मी क्लब र मधेश प्रदेशले जीत हासिल गरेका छन् । सोमबार समूह ‘सी’ र ‘डी’ अन्तर्गतका खेलहरु भएका छन् । समूह ‘डी’ को पहिलो खेलमा त्रिभुवन आर्मी क्लबले मदन भण्डरी स्पोट्र्स एकेडेमी ‘ब्लु’ लाई एक सय १० रनले हराएको छ ।

१९६ रनको बलियो लक्ष्य दिएको आर्मीले एकेडेमीलाई १५.४ ओभरमै अलआउट ग¥यो । एकेडेमीले ८५ रनमात्रै जोड्न सक्यो । एकेडेमीका लागि कप्तान निर्भिक पाठकले २८ रनको पारी खेल्दै रनआउट भए । उनले २३ बलमा ५ चौका र १ छक्का प्रहार गरे । रनवीर यादवले १६, रोनिम तिवारीले १५ साइमोन रोयले १० रन बाहेक अन्य ब्याट्सम्यानले दोहोरो अंक जोड्न सकेनन् । दिनेश सुवेदी २, अर्जुन रायमाझी ४, मेहोल श्रेष्ठ शुन्य, कुशल रुपाखेती २, धवन सहानी र दयानन्द मन्डल शून्यमै आउट भए ।

आर्मीका लागि कुशल मल्लले १.४ ओभरमा २ रन खर्चेर ३ विकेट लिए । जितेन्द्र मुखिया र शहाब आलमले २÷२ तथा विवेक यादव र रोहित पौडेलले १÷१ विकेट लिए । त्यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको आर्मीको सुरुवात उत्कृष्ट रह्यो । ओपनर द्धय सन्तोष कार्की र र कप्तान विनोद भण्डारीले ४५ बलमा ६८ रनको उत्कृष्ट साझेदारी गरे । कार्की १५ औं ओभरको तेस्रो बलमा क्याच आउट भए । उनले टोलीका लागि ३५ बलमा ७ चौका प्रहार गर्दै ४१ रन जोडे ।

आर्मीले पहिलो विकेटको रुपमा आठौं ओभरको चौथो बलमा विनोद भण्डारीलाई गुमायो । विनोदले २४ बलमा ३ चौका र ३ छक्का प्रहार गर्दै ३८ रन जोडे । १२ औं ओभरको पहिलो बलमा दोस्रो विकेट गुमायो । वसिर अहमद क्याच हुनु अघि १४ बलमा २ चौका र १ छक्का प्रहार गर्दै २३ रन जोडे ।

रोहित पौडेल १६ औं ओभरको पाँचौ बलमा क्याच आउट भए । उनले ६ बलमा १ चौका र १ छक्कासहित १२ रन बनाए । १८ औं ओभरको दोस्रो बलमा कुशल मल्ल आउट भए । उनले २१ बलमा ३ छक्का प्रहारगर्दै २५ रन जोडे । १९ औं ओभरको दोस्रो बलमा सन्दीप रिजाल ६ रनआउट भए । विवेक यादव २९ र भीम सार्की ६ रनमा नटआउट रहे । विवेकले १४ बलमा ३ चौका र २ छक्का प्रहार गरे । भीमले ४ बलमा १ चौका प्रहार गरे ।

एकेडेमीका लागि मेहोल श्रेष्ठले २ तथा कुशल रुपाखेती, सुभम खनाल र धवन सहानीले १÷१ विकेट लिए ।

यस्तै समूह ‘सी’ तर्फको खेलमा मधेश प्रदेशले सुदुरपश्चिम प्रदेशमाथि ८ विकेटको जित निकाल्दै अन्तिम चारको सम्भावनालाई जिवितै राखेको छ । टस जितेर ब्याटिङ राजेको सुदुरपश्चिमका कुनै पनि ब्याट्स म्यानले २० रन सम्म पनि जोड्न सकेनन् । निकै कम्जोर देखिएको सुदुर १५.५ ओभरमा अलआउट हुन पुग्यो ।

सुदुरका लागि नरेन साउदले १८, किरण थगुनाले १०, भोजराज भट्टले १० रन बाहेक अन्य ब्याट्स म्यानले दोहोरो अंक जोड्नै सकेन । ओपनर अभिषेक पल शुन्यमै क्याच आउट भए । अर्का ओपनर गजेन्द्र बोहोरा चार रनमा बोल्ड भए । कप्तान राजु रिजाल दुई रनमा क्याच आउट भए । खड्क बोहोरा १, वसन्त कार्की ४, वसन्त खत्री १, र नारायण जोशी ३ रनमा आउट भए ।

मधेशका लागि हरिशंकर शाहले सर्वाधिक चार विकेट लिए । रुपेश सिंहले ३ तथा विशाल पटेल, प्रदीप पासवान र विशाल सुस्लिङले समान १÷१ विकेट लिए । ५९ रनको विजयी लक्ष्य पछ्याएको मधेशले ४.४ ओभरमा २ विकेट गुमाउँदै लक्ष्य पूरा ग¥यो । मधेशको जीतमा इमरान शेख १७ र पवन सर्राफले १४ रनको अविजित पारी खेले ।

शेखले ९ बलमा २ चौका र १ छक्का प्रहार गरे । सर्राफले ५ बलमा २ चौका र १ छक्का प्रहार गरे । ओपनर हरिशंकर शाह (कप्तान) शून्यमै बोल्डको सिकार भए । अनिल शाह २५ रनमा क्याचआउट भए । उनले ११ बलमा ३ चौका र २ छक्का प्रहार गरे । सुदूरका लागि दुवै विकेट गजेन्द्र बोहोराले लिए । जीतसँगै पहिलो खेलमा पुलिस सँग हार व्यहोरेको मधेशले अन्तिम चारको सम्भावना भने कायम राखेको छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->