सोमबार, भाद्र ८ २०८३

सोमबार, भाद्र ८ २०८३
  • ८ भाद्र २०८३ , सोमबार
  • August 24 2026

हिसान स्पोर्टस्: मंसिर १४ देखि

हिसान स्पोर्टस्: मंसिर १४ देखि


  • ढोरपाटन संवाददाता
  • मंसिर १२ २०८०, मंगलबार

पोखरा / उच्च शिक्षालय तथा माध्यमिक विद्यालय संघ नेपाल (हिसान) कास्कीको आयोजनामा पोखरामा हुने १६ औं संस्करणको हिसान स्पोर्टस मिटको तयारी पूरा भएको छ ।

मंसिर १४ देखि १७ गतेसम्म पोखरा रंगशालामा आयोजना हुने स्पोर्टस मिटअन्तर्गत विद्यालय, कलेज र विश्वविद्यालयतर्फ गरी विभिन्न चार खेलका छुट्टा–छुट्टै प्रतिष्पर्धाहरु आयोजना हुने संयोजक डा.रामजी शर्माले जानकारी दिए ।

स्पोर्टस् मिटअन्तर्गत छात्र–छात्रा बास्केटबल, भलिबल, ब्याडमिन्टन र टेबुल टेनिसका प्रतिष्पर्धा हुनेछन् । प्रतियोगितामा मावि तह छात्र भलिबलमा २९ र छात्रातर्फ २१ विद्यालयको सहभागिता हुने हिसान कास्कीका अध्यक्ष याम बहादुर रोक्काले जानकारी दिए । छात्र बास्केटबलमा सर्वाधिक ३७ विद्यालयको सहभागिता रहेको छ भने छात्रातर्फ १५ टिम भिड्नेछन् ।

टेवुल टेनिसतर्फ २८ विद्यालयका करिव ३ सय छात्र–छात्रा सिंगल्स र डवल्समा प्रतिस्पर्धा गर्नेछन भने व्याडमिन्टन छात्र–छात्रातर्फ २४ विद्यालयका ३ सय १२ प्रतिस्पर्धीहरुको सहभागिता रहेको आयोजकले जनाएको छ ।

विश्वविद्यालयतर्फ बास्केटबलमा ९ वटा शैक्षिक संस्थाहरुले सहभागिता जनाएका छन् । उच्च शिक्षालय तथा माध्यमिक विद्यालय संघ नेपाल (हिसान) कास्कीमा विद्यालय, कलेज र विश्वविद्यालय गरी आवद्धता रहेका ७२ मध्ये ६२ शिक्षण संस्थाले स्पोर्टस मिटमा सहभागिता जनाउने छन् ।

प्रतियोगितामा ८ हजार भन्दा बढी विद्यार्थीहरुको सहभागिता हुने तथा २५ हजारभन्दा बढी विद्यार्थी अभिभावकले अवलोकन गर्नेे प्रचार प्रसार उपसमितिका संयोजक डिल्लीराम अर्यालले जानकारी दिए । प्रतियोगिता सम्पन्न गर्न करिव २० लाख खर्च हुने अनुमान गरिएको छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->