सोमबार, भाद्र ८ २०८३

सोमबार, भाद्र ८ २०८३
  • ८ भाद्र २०८३ , सोमबार
  • August 24 2026

आर्मीले कोशीलाई दियो विशाल लक्ष्य,भीम र सन्तोषको अर्धसतक

आर्मीले कोशीलाई दियो विशाल लक्ष्य,भीम र सन्तोषको अर्धसतक


  • ढोरपाटन संवाददाता
  • मंसिर १२ २०८०, मंगलबार

पोखरा / पोखरामा जारी केपी ओली कप टि-20 क्रिकेट प्रतियोगितामा त्रिभुवन आर्मी क्लबले कोशी प्रदेशलाई १ सय ८७ रनको विशाल लक्ष्य दिएको छ ।

पोखरा रंगशालास्थित क्रीकेट मैदानमा मंगलबार भएको खेलमा आर्मीले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १ सय ८६ रन बनाएको हो । आर्मीका लागि ओपनर सन्तोष कार्की र भीम सार्कीले अर्धसतक प्रहार गरे ।

सन्तोष ४१ बलमा ५० रन बनाएर रिटार्ड हर्ट र भीम २४ बलमा ५३ रन बनाएर आउट बनाए । आर्मीका कप्तान बिनोद भण्डारीले १७ र रोहित पौडेलले २३ जोडे ।

बलिङतर्फ कोशी प्रदेशका सर्वन यादवले सर्वाधिक ३ विकेट लिए । ४ ओभर गरेका यादवले ३२ रन खर्चेर ३ विकेट लिन सफल भए । कमल खत्रीले २, प्रकाश कार्की र सोनु मण्डलले १-१ विकेट लिए ।

उक्त खेलमा त्रिभुवन आर्मी क्लब विजयी भए सिधै सेमिफाइनलमा प्रवेश गर्नेछ । आर्मी पराजित भएमा बुधबार हुने कोशी प्रदेश र मदन भण्डारी स्पोर्ट्स एकेडेमी ‘ब्लु’ बिचको खेलले सेमिफाइनल खेल्ने टोलीको टुंगो लाग्नेछ ।

यसअघि मधेश प्रदेश, बागमती प्रदेश र शसस्त्र प्रहरी बल (एपीएफ) मदन भण्डारी स्पोर्ट्स एकेडेमीले आयोजना गरेको केपी ओली कप टि-20 क्रिकेट प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरिसकेका छन् ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->