सोमबार, भाद्र ८ २०८३

सोमबार, भाद्र ८ २०८३
  • ८ भाद्र २०८३ , सोमबार
  • August 24 2026

केपी ओली कप क्रिकेट: कोशीलाई सान्त्वना जीत

केपी ओली कप क्रिकेट: कोशीलाई सान्त्वना जीत


  • ढोरपाटन संवाददाता
  • मंसिर १३ २०८०, बुधबार

पोखरा / पोखरामा जारी केपी ओली कप टि २० क्रिकेट प्रतियोगितामा कोशी प्रदेशले आयोजक मदन भण्डारी स्पोर्ट्स एकेडेमी ब्लुु लाई ९ विकेटले पराजित गरेको छ ।

पोखरा रंगशालास्थित क्रीकेट मैदानमा बुधबार भएको समूह चरणको अन्तिम खेलमा कोशी प्रदेशले एकेडेमी ुब्लुु विरुद्ध सान्त्वना जीत निकालेको हो ।

बुधबार बिहान पहिले ब्याटिङ गरेको एकेडेमी ुब्लुु ले १७ ओभर ५ बलमा सबै विकेट गुमाउँदै ६७ रन जोडेको थियो । एकेडेमी ुब्लुु का लागि अर्जुन रायमाझीले सर्वाधिक २५ रन बनाएका थिए। मेहुल श्रेष्ठ र अभय यादवले १०(१० रन जोडे । बलिङतर्फ कोशीका सर्वन यादवले ३ विकेट लिए ।

फिर्दोष अन्सारी र कमल खत्रीले २(२, सोनु मण्डल, मनिष थापा र गौरव कटुवालले १/१ विके झारे ।

जवाफी ब्याटिङ गरेको कोशी ७ ओभर ४ बलमा १ विकेट गुमाएर लक्ष्य पूरा गर्‍यो । कोशीका सोनु अन्सरीले अविजित ३५ रन जोडे । कप्तान अंकित सुबेदीले १४ र मनिष थापाले १८ रनको योगदान दिए । बलिङतर्फ एकेडेमी ुब्लुु का सुभम खनालले १ विकेट लिए ।

पोखरामा जारी केपी ओली कप टि २० क्रिकेट प्रतियोगिताको सेमिफाइनल समीकरण यसअघि नै पूरा भइसकेको छ । सेमिफाइनलमा आर्मी, बागमती प्रदेश, मधेश प्रदेश र सशस्त्र प्रहरी बल ९एपीएफ० पुगेका छन् ।

बिहिवार हुने पहिलो सेमिफाइनल बागमती प्रदेश र आर्मीबिच हुनेछ । भने बिहिवार नै हुने दोस्रो सेमिफाइनल सशस्त्र र मधेस प्रदेशबिच हुनेछ । फाइनल खेल शुक्रबार हुनेछ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->