बिहिबार, असोज २९ २०८३

बिहिबार, असोज २९ २०८३
  • २९ असोज २०८३ , बिहिबार
  • October 15 2026

आइएसएमटी कलेजले गर्यो छात्रवृत्ति घोषणा

आइएसएमटी कलेजले गर्यो छात्रवृत्ति घोषणा


  • ढोरपाटन संवाददाता
  • मंसिर १५ २०८०, शुक्रबार

पोखरा / पोखरा-१५ अन्नपूर्ण मार्गमा रहेको आइएसएमटी कलेजले विद्यार्थीहरुको लागि शत्प्रतिशतसम्म छात्रवृत्तिको घोषणा गरेको छ ।

बीबीए,बीएचएम र बीएस्सी आइटीका कक्षाहरु संचालन गर्दै आएको कलेजले निम्नवर्ग, लगनशील एवं प्रतिभावान विद्यार्थीको लागि छात्रवृत्ति घोषणा गरेको हो ।

बेलायतको युनिभर्सिटी अफ सण्डरल्याण्डबाट सम्बन्धन प्राप्त एवं नेपाल सरकार शिक्षा,विज्ञान तथा प्रविधि मन्त्रालयबाट अनुमपतिप्राप्त कलेजले दक्ष जनशक्ति उत्पादनलाई केन्द्रमा राखेको छ ।

सो कलेजमा २ वर्ष अध्ययन गरेका विद्यार्थीहरुले थप अध्ययनको लागि युके, अष्ट्रेलिया र क्यानडामा क्रेडिट टान्सफर गर्नसमेत पाउने कलेजले जनाएको छ । आइएसएमटी ग्रुपले नेपालका प्रमुख सहरहरुमा कलेज संचालन गर्दै आएको छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->