सोमबार, भाद्र ८ २०८३

सोमबार, भाद्र ८ २०८३
  • ८ भाद्र २०८३ , सोमबार
  • August 24 2026

मधेसले टस जितेर पहिला ब्याटिङ गर्दै

मधेसले टस जितेर पहिला ब्याटिङ गर्दै


  • ढोरपाटन संवाददाता
  • मंसिर १५ २०८०, शुक्रबार

पोखरा/ केपी ओली कप टी-२० राष्ट्रिय क्रीकेट प्रतियोगितामा त्रिभुवन आर्मी क्लबविरुद्द मधेस प्रदेशले टस जितेर पहिला ब्याटिङ गर्ने निर्णय गरेको छ ।

पोखरा रंगशालास्थित क्रीकेट मैदानका मधेसका कप्तान हरिशंकर शाहले टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय गरेको हो ।

सेमिफाइनलमा आर्मीले बागमती प्रदेशलाई ४ विकेट र मधेस प्रदेशले विभागीय टिम सशस्त्र प्रहरी बल (एपीएफ) लाई ११ रनले पराजित गर्दै फाइनलमा स्थान सुरक्षित गरेका हुन् ।
प्रतियोगिताको च्याम्पियन टोलीले ५ लाख, सिल्ड, मेडल र प्रमाणपत्र पुरस्कार प्राप्त गर्नेछ ।

उपविजेता टोलीले २ लाख ५० हजार, सिल्ड, मेडल र प्रमाणपत्र पुरस्कार पाउनेछन् । प्रतियोगितामा ‘म्यान अफ द सिरिज’ले नगद ३० हजार, ‘वेस्ट बलर’ ले २० हजार पुरस्कार पाउने आयोजक मदन भण्डारी स्पोर्टस् एकेडेमीले जनाएको छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->