आइतबार, कार्तिक २ २०८३

आइतबार, कार्तिक २ २०८३
  • २ कार्तिक २०८३ , आइतबार
  • October 18 2026

जलवायु परिवर्तनले नेपाललाई गम्भीर असर : प्रधानमन्त्री प्रचण्ड

जलवायु परिवर्तनले नेपाललाई गम्भीर असर : प्रधानमन्त्री प्रचण्ड


  • ढोरपाटन संवाददाता
  • मंसिर १६ २०८०, शनिबार

युएई / प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले जलवायु परिवर्तका असरले नेपालीलाई मार परेको बताएका छन्। दुबईमा जारी कोप-२८ मा सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले नेपालले जलवायु परिवर्तनमा न्युन योगदान गरे पनि धेरै असर भोग्नुपरेको बताए।

‘जलवायु परिवर्तका असरले नेपालीलाई धेरै नै असर गरेको छ। यसमा नेपालको योगदान नगन्य रहे पनि बाढी, पहिरो, हिमपात पग्लिनेलगायतका समस्यामा नेपाल ग्रसित छ,’ उनले भने।

जलवायु परिवर्तनका असरले नेपाललाई समस्या परेकै कारण आफू कोप-२८ मा सहभागी भएको प्रधानमन्त्रीको भनाइ छ। उनले पेरिस सम्झौता कार्यान्वयन गर्न ढिलाइ गर्न नहुने जोड दिए। ‘पेरिस सम्झौताअनुसार पृथ्वीको तापक्रम १ दशमलव ५ डिग्री सेल्सियलमा सीमित गर्ने प्रतिबद्धता कार्यान्वयन गर्न ढिला भइसक्यो। यसले पनि हिमालमा ठूलो असर पर्ने र संकट आइसकेको छ,’ उनले भने।
null

प्रधानमन्त्री प्रचण्डले सम्मेलनबाट स्थापना हुन लागेको जलवायुजन्य हानिनोक्सानी कोषबाट नेपालले लाभ पाउनुपर्ने दाबी गरे। उनले उक्त कोषलाई पारदर्शी बनाउन जोड गर्दै नेपालले पाउने न्याय र अधिकारका निम्ति अन्तर्राष्ट्रिय समुदायको ध्यानाकर्षण गराएका थिए।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->