पोखरा/ पोखरा महानगरपालिकाका उपप्रमुख मञ्जुुदेवी गुरुङले स्वास्थ्य विकास र समृद्धिको सुचक भएको बताउदै स्वास्थ्यलाई प्राथमिकतामा राख्नुपर्नेमा जोड दिएकी छन् ।
पोखरा महानगरपालिका वडा नम्वर १५ ले आयोजना गरेको स्त्रीरोग परीक्षणसम्बन्धी निशुल्क स्वास्थ्य शिविरको उदघाटन गदै उनले जुन देशका नागरिक स्वस्थ हुन्छ, त्यो देश समृद्धिको दिशामा अगाडी बढ्नेमा आफू प्रष्ट रहेको बताइन् ।
वडा नम्वर १५ का अध्यक्ष तोरणबहादुर बानियाँले राइट फर चिल्डे«नसँग मिलेर स्वास्थ्यसंग सम्वन्धित कार्यक्रम संचालन गर्दै आएको जानकारी दिए ।





