शुक्रबार, कार्तिक २० २०८३

शुक्रबार, कार्तिक २० २०८३
  • २० कार्तिक २०८३ , शुक्रबार
  • November 6 2026

ठगी मुद्दामा पोखराका वडा सदस्यसहित ४ जना पक्राउ

ठगी मुद्दामा पोखराका वडा सदस्यसहित ४ जना पक्राउ


  • ढोरपाटन संवाददाता
  • मंसिर २२ २०८०, शुक्रबार

पोखरा / फेवातालको फुट ट्र्याकमा फोटोग्राफी गरेबापत फोटोग्राफरलाई धम्क्याएर रकम असुल्ने वडा सदस्यसहित ४ जनालाई प्रहरीले पक्राउ गरेको छ । कास्की प्रहरीले पोखरा महानगरपालिका-६ का सदस्य विकास पहारीसहित लेकसाइडका प्रवीण विश्वकर्मा, अभिषेक बराल र दीपेन्द्र पहारीलाई शुक्रबार पक्राउ गरेको हो ।

फोटोग्राफी व्यवसायी दर्ता नगरी ठगी गरेको भन्ने १५ जना व्यक्तिहरुको जाहेरीको आधारमा जिल्ला प्रहरी कार्यालय कास्की र वडा प्रहरी कार्यालय बैदामबाट खटिएको प्रहरी टोलीले उनीहरूलाई पक्राउ गरेको प्रवक्ता श्रवणकुमार विकले बताए ।

उनीहरूलाई कास्की जिल्ला अदालतबाट ठगी तथा आपराधिक लाभसम्बन्धी मुद्दामा म्याद थप गरी अन्य अनुसन्धान प्रक्रिया अगाडि बढाइएको छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->