पोखरा/ नेपाल भूतपूर्व खेलाडी मञ्च पोखरामा हुने सबैभन्दा ठूलो इभेन्ट सफल पोखरा अन्तर्राष्ट्रिय म्याराथनको तयारीमा जुटेको छ । पोखरामा आयोजना हुने लोकप्रिय अन्तर्राष्ट्रिय म्याराथनका लागि मञ्चले विभिन्न उपसमितिहरु गठन गरि तयारीमा जुटेको हो ।
हरेक वर्षको फागुन महिनामा हुने सफल पोखरा अन्तर्राष्ट्रिय म्याराथनको १८ औं संस्करणको आयोजनाका लागि वैदेशिक समन्वयसहित विभिन्न उपसमितिसँगै आगामी शुक्रबार मञ्चले वृहत अन्तरक्रिया कार्यक्रमको समेत आयोजना गरेको छ ।
मञ्चले सोमबार बैठक बस्दै जिम्मेवारी बाडफाड गरेको अध्यक्ष हरि प्रसाद पराजुलीले जानकारी दिए । उनले म्याराथनको तयारी सँगै संस्थालाई अझ बढी प्रभावकारी बनाउनका लागि पोखरा उद्योग वाणिज्य संघमा शुक्रबार अन्तरक्रिया कार्यक्रमको आयोजना गर्न लागेको जानकारी दिए ।
संस्थाका निवर्तमान अध्यक्ष तेजबहादुर गुरुङले मञ्चको गरिमा उचाईमा पु¥याउने अग्रज तथा स्वर्गवास भएका व्यक्तिहरुका परिवारसँग थप सल्लाह र सुझाव ग्रहण गर्ने उदेश्यका साथ अन्तरक्रिया कार्यक्रम गर्न लागेको बताए ।
संस्थाका प्रथम उपाध्यक्ष दिल बहादुर गुरुङले सफल पोखरा म्याराथनलाई थप व्यवस्थित र सुरक्षित बनाउने लक्ष्यका साथ तयारी तीव्र पारिएको सुनाए । बैठकमा सडक सुरक्षा, खेलाडी व्यवस्थापन, स्वास्थ्य लगायत विभिन्न विषयमा गम्भिर छलफल भएको थियो ।
म्याराथनका लागि समारोह व्यवस्थापन संयोजकमा अध्यक्ष हरि प्रसाद पराजुली, विद्यालय व्यवस्थापनमा प्रथम उपाध्यक्ष दिल बहादुर गुरुङ, प्राविधिक अन्तर्राष्ट्रिय संयोजकमा संस्थापक अध्यक्ष खड्क रानाभाट र निवर्तमान अधयक्ष तेज बहादुर गुरुङ, अनुगमन तथा निरीक्षणमा दिद्धितीय उपाध्यक्ष खेम गुरुङ, स्वास्थ्य व्यवस्थापनमा महासचिव कृष्ण तिमिल्सिना, पर्यटनमा गणेश भट्टराई, आर्थिक व्यवस्थापनमा कोषाध्यक्ष महेश पौडेल, प्रचारप्रसार व्यवस्थापनमा केशव पाठक, सुरक्षा समन्वयमा हरि बहादुर बरुवाल, बसोबासमा दिनेश कुमार श्रेष्ठ, ,्स्वयमसेवक परिचानलमा ओमबहादुर गुरुङ, प्रमाणपत्र तथा मेडलमा पुष्पा श्रेष्ठ, खेलकुद संघ संस्थामा यामबहादुर गुरुङ, सांस्कृतिक कार्यक्रम व्यवस्थापनमा रामबहादुर क्षेत्री, खाजा व्यवस्थापनमा भरतकुमार आले, वस्तुगत प्रायोजक समन्वयमा हरिश्वर पोखरेल, फिजियोथेरापीमा डा. खड्गसिंह गुरुङ, रुटमा पानी व्यस्थापनमा जुमप्रसाद गुरुङ, संघ संस्था समन्वयमा सम्मर बहादुर श्रेष्ठ, सेलिब्रेटी समन्वय निरज थापा, ह्विचियर र दृष्टिविहीन खेल व्यवस्थापनमा अमृत बराल संयोजक रहेका छन् ।
यस्तै वैदेशिकतर्फ सुके समन्वय संयोजकमा सल्लाहकार महेश गुरुङ, अमेरिका समन्वयमा सोम गुरुङ, अष्टे«लिया समन्वयमा चन्द्र प्रकास गुरुङ, सर्विया समन्वयमा खोपबहादुर गुरुङ र हङहङ समन्वयमा रक्स गुरुङलाई संयोजक रहेका छन् ।





