पोखरा/ जिल्ला समन्वय समिती कास्की र राष्ट्रिय बाल अधिकार परिषदको आयोजनामा बालबालबालिकासम्बन्धी ऐन २०७५ कार्यान्वयन सम्बन्धमा कास्की जिल्लास्तरीय एकदिने कार्यशाला पोखरामा सम्पन्न भएको छ ।
कार्यशालाको जिल्ला समन्वय समिति कास्कीका प्रमुख लिलाधर पौडेलले उद्घाटन गरे ।
पौडेलले बालबालबालिकासम्बन्धी ऐन २०७५ कार्यान्वयनमा हरतरहले लाग्दै पूर्ण कार्यान्वयन गर्न कास्कीका सबै पालिकाहरूलाइ आग्रह गरे ।
राष्ट्रिय बाल अधिकार परिषद गण्डकीका समन्वय अधिकारी बद्री वाग्लेले गण्डकी प्रदेशमा बालबालबालिकासम्बन्धी ऐन २०७५ कार्यान्वयनमा देखिएका चुनौती र भावी रणनीतिका सम्बन्धमा चर्चा गरे ।





