पोखरा/ पर्यटकलाई नशालु पदार्थ सेवन गर्न बाध्य पारेको भन्दै प्रहरीले पोखराको मुख्य पर्यटकीय क्षेत्र लेकसाइडबाट १० जनालाई पक्राउ गरेको छ । वडा प्रहरी कार्यालय बैदामबाट खटिएको प्रहरी टोलीले उनीहरुलाई गएको सोमबार रातको पौने १२ बजेतिर बीजीबी गल्लीनेरबाट पक्राउ गरेको हो । पक्राउ पर्नेमा पोखरा १६ दिप बस्ने वर्ष २० वर्षीय डिलन श्रीष मगर, कास्कीको माछापुछ्रे गाउँपालिका ५ का २० वर्षीय सन्देश बिक, पोखरा ६ ठाडोपसल बस्ने वर्ष ३० का सुरेश थापा, पोखरा ६ जरेवर वस्ने वर्ष २९ का महेन्द्र भण्डारी र गोरखा भीमसेन गाउँपालिका ८ वस्ने वर्ष ३२ का सुरेश थापा रहेको प्रहरीले जनाएको छ ।
यस्तै पुस ३ गते मंगलबार बिहान मर्निङ वाकमा हिँडिरहेका महिलाहरुलाई अपशब्द प्रयोग गरी हातपात गर्न खोजेको अभियोगमा बागलुङ नगरपालिका १२ घर भइ हाल पोखरा ६ वस्ने २७ वर्षीय डेविड भन्ने डिल्लीप्रसाद पौडेल, पुस २ गते मादक पदार्थ खाइ होहल्ला गर्ने बागलुङ काठेखोला ५ घर भइ मालेपाटन बस्ने २६ वर्षीय विक्रम थापा, स्याङ्जाको गल्याङ १ घर भइ हाल पोखरा १४ काजीपोखरी बस्ने ३१ वर्षीय आशिष थापात्यसैगरी पुष २ गते सोमवार रातको ११;५५ बजेको समयमा लेकसाईडमा मादक पदार्थ सेवन गरी होहल्ला गरी अशान्ति फैलाउने जिल्ला बाग्लुङ काठेखोला गाउँपालिका वडा नं. ५ घर भई हाल जिल्ला कास्की पोखरा महानगरपालिका वडा नं.५ मालेपाटन बस्ने बर्ष २६ को बिक्रम थापा, स्याङ्जा गल्याङ नगरपालिका वडा नं.१ घर भई हाल जिल्ला कास्की पोखरा महानगरपालिका वडा नं.१४ काजिपोखरी बस्ने बर्ष ३१ को आशिष थापासहित प्रहरीमाथि अपशब्द प्रयोग गर्ने पोखरा १४ वस्ने वर्ष ३२ का शिवबहादुर कार्की र पोखरा ९ बस्ने वर्ष २७ का शंकर भुजेललाई पनि पक्राउ गरिएको प्रहरीको भनाइ छ ।





