सोमबार, भाद्र ८ २०८३

सोमबार, भाद्र ८ २०८३
  • ८ भाद्र २०८३ , सोमबार
  • August 24 2026

प्रथम महिला एमेचर तथा पुरुष हिमचुली कप हुँदै

प्रथम महिला एमेचर तथा पुरुष हिमचुली कप हुँदै


  • ढोरपाटन संवाददाता
  • पुष ५ २०८०, बिहिबार

पोखरा/ पोखरा स्पोट्र्स डेभलपमेन्ट फोरम पोखराको आयोजनामा पोखरामा खुल्ला महिला एमेचर तथा पुरुष हिमचुली कप फुटसल प्रतियोगिता हुने भएको छ ।

प्रतियोगिताको विजेताले १० हजार रुपैयाँको साथमा ट्रफी मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् । उपविजेताले पाँच हजार रुपैयाँको साथमा ट्रफी मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् । यस्तै उत्कृष्ट खेलाडी, उत्कृष्ट गोलरक्षक, उच्च गोलकर्ता र अनुशासित टिमलाई समेत आकर्षक पुरस्कारको व्यवस्था रहेको छ ।

आगामी पुस ७ गते पोखरा ४ स्पोट्र्स क्यासलको फुटसल कोर्टमा हुने प्रतियोगिताका लागि दर्ता शुल्क दुई हजार रुपैयाँ तोकिएको प्रतियोगिता संयोजक विक्रम थापा (म्याक्सवेल) ले जानकारी दिए ।

फुटसलको लोकप्रियता बढेसँगै महिला खेलाडीहरुलाई प्रोत्साहन गर्न सानो राशीको भएपनि प्रतियोगिता आयोजना गर्न लागेको थापाले बताए । उनका अनुसार पुरुषतर्फको विजेताले ट्रफीमात्र प्राप्त गर्नेछन् । महिला तर्फ खुल्ला रहेपनि पुरुषतर्फ भने टिम दर्ता सम्पन्न भइसकेको उनले बताए । पुरुषतर्फ एनएसजेएफ, एफएनजे, एसडीएफपी र एसवाईसी फुटसल रहेका छन् ।

‘फुटसलले शारीरिक रुपमा तन्दुरुस्त राख्नुका साथै स्वास्थ्यमा पनि आराम मिल्छ । फुटसल खेल्नेलाई मात्रै होइन, हेर्नेलाई पनि उत्तिकै आनन्द हुन्छ’ उनले भने, ‘हामीले महिलाहरूलाई खेल्न, प्रतिस्पर्धा गर्न र खेलकुदमा सफल हुनका लागि थप अवसर सिर्जना गर्नु आवश्यक छ । सोही अनुरुप हामीले महिला फुटसल प्रतियोगिता गर्न लागेका हौँ ।’ प्रतियोगितालाई आगामी दिनमा थप स्तरीय बनाउँदै लैजाने योजना रहेको उनले सुनाए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->