सोमबार, भाद्र ८ २०८३

सोमबार, भाद्र ८ २०८३
  • ८ भाद्र २०८३ , सोमबार
  • August 24 2026

राइनो संरक्षण गोल्ड कपको छैठौं संस्करण माघ २७ बाट

राइनो संरक्षण गोल्ड कपको छैठौं संस्करण माघ २७ बाट


  • ढोरपाटन संवाददाता
  • पुष ८ २०८०, आइतबार

नवलपुर / खेलकुदको माध्यमबाट युवामा वन, वन्यजन्तु एवं वातावरण संरक्षणका लागि चेतनाको विकास र विस्तार गर्ने, खेलकुद तथा पर्यापर्यटनको समिश्रण गरी आन्तरिक तथा बाह्य पर्यटक आर्कषित गर्ने उद्देश्यका साथ मोफसलकै सर्वाधिक राशीको राइनो संरक्षण गोल्डकप फुटबल प्रतियोगिताको छौंठौ संस्करण आगामी माघ २७ गते शनिवार देखि सुरु हुने भएको छ ।

नवलपुरको मध्यविन्दुमा रहेको राइनो क्लबको आयोजनामा फागुन ९ गतेसम्म सञ्चालन हुने प्रतियोगिता नवलपुर जिल्लाको मध्यविन्दु–२ कोल्हुवा स्थित राइनो कप खेलमैदानमा हुने आयोजकले जनाएको छ । राइनो संरक्षण गोल्डकप फुटबल प्रतियोगिताको मिति पत्रकार सम्मेलन गरी सार्वजनिक गरीएको हो ।

दुई दशकदेखी संचालित राइनो कप फुटबल प्रतियोगिताको परिस्कृत र परिमार्जित अवधारणाको राष्ट्रिय स्तरको राइनो संरक्षण गोल्डकप फुटबल प्रतियोगिता २०७० सालबाट सञ्चालन गरिए पनि कोरोना महामारीको संक्रमण सगै प्रतियोगिता स्थगित भएको थियो ।

प्रतियोगीतामा विभागीय नेपाली सेनाको त्रिभुवन आर्मी क्लब, नेपाल प्रहरीको टिम, सशस्त्र प्रहरीको एपीएफ टीम, आयोजक नवलपुर जिल्ला सहित ‘ए’ डिभिजनका फुटबल क्लब, गण्डकी, लुम्बीनी, मधेस र वाग्मती प्रदेशबाट ४ टिम सहित १२ टिमको सहभागीता रहने क्लवका अध्यक्ष दोमन बहादुर भण्डारीले जानकारी दिए।

प्रतियोगितामा प्रथम र दोश्रो हुने टिमले ५ देखि १० लाख र शिल्ड तथा ट्रफी पुरस्कार पाउनेछन् । प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी, सर्वाधिक गोलकर्ता, उत्कृष्ट गोलरक्षक, डिफेन्डर, मिडफिल्डर, स्ट्राइकर र प्रशिक्षकले आकर्षक पुरस्कार पाउने अध्यक्ष भण्डारीले वताए ।

प्रतियोगिता सम्पन्न गर्न ७० लाख खर्च लाग्ने अनुमान गरिएको छ । राष्ट्रिय खेलकुद परिषद् गण्डकीका सदस्य सचिव श्रीधर शर्माले लामो इतिहास र विरासत बोकेको राइनो संरक्षण गोल्डकप फुटबल प्रतियोगिता सञ्चालनका लागी खेलकुद परिषद्को सहयोग रहने बताए ।

मध्यबिन्दु नगरपालिकाका नगरप्रमुख भिमलाल अधिकारीले स्थानिय खेलाडी उत्पादन गर्नु आफ्नो र नगरपालिकाको प्राथमिकता रहे पनि राइनो संरक्षण गोल्डकप फुटबल प्रतियोगिताको निरन्तरता र विकासका लागि नगरपालिकाको तर्फबाट सहयोग रहने बताए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->