पोखरा/ यःमरी पुन्ही अर्थात् यमरी पूर्णिमाको अवसर पारेर आजबाट पोखरा ४, गणेशटोलमा यःमरी महोत्सव एवम् यःमरी बनाउने प्रतियोगिता हुने भएको छ । पोखरा महानगरपालिका वडा नं ४ को आयोजना तथा नेवाः मिसा पुचः कास्कीको यःमरी महोत्सव एवम् यःमरी बनाउने प्रतियोगिता हुने पोखरा–४ का वडाध्यक्ष देवकृष्ण पराजुलीले जानकारी दिए ।
महोत्सवमा यःमरी बनाउने प्रतियोगितासहित प्रत्यक्ष यःमरी बनाएर देखाइने नेवाः मिसा पुचः कास्कीकी अध्यक्ष संगीता बज्राचार्यले बताइन् । महोत्सवमा यःमरीको प्रदर्शनी तथा बिक्रीसहित विभिन्न नेवारी परिकारहरुको प्रदर्शनी तथा विक्री गरिने उनले जानकारी दिइन् । त्यसबाहेक स्थानियले उत्पादन गरेका मोजा, गलबन्दीलगायत जुत्ता, चप्पल तथा कपडाका स्टल पनि रहने उनको भनाइ छ ।
महोत्सवमा पोखरेली लक्ष्य ब्याण्डको सांगीतिक प्रस्तुति रहनेछ । सो अवसरमा मौलिक लाखे नाच, कुमारी नाचलगायत अन्य सांस्कृतिक झाँकीहरुको समेत प्रस्तुति हुने उनले बताइन् । महोत्सव अघि झाँकीसहितको ¥याली निकालिने जनाइएको छ । पोखरा ४ को कार्यालयबाट सुरु हुने ¥याली पालिखेचोक, महेन्द्रपुल, चिप्लेढुंगा, सिद्धार्थचोक, रामकृष्णटोलहुँदै गणेशटोलमा पुगेर उद्घाट समारोहमा परिणत हुने वडाध्यक्ष पराजुलीले जानकारी दिए । ¥यालीमा सहभागिहरु मध्ये प्रथम हुने समूहलाई नगद ७ हजार, द्वितीय हुनेलाई ५ हजार र तृतीय हुनेलाई ३ हजारसहित प्रमाणपत्र प्रदान गरिने उनले बताए ।
त्यस्तै, यमरी प्रतियोगितामा प्रथम हुनेलाई १० हजार, दोश्रो हुनेलाई ७ हजार, तेश्रो हुनेलाई ५ हजार र सान्त्वना ३ हजारसहित प्रमाणपत्र प्रदान गरिने उनले जानकारी दिए । अध्यक्ष पराजुलीले संस्कृति संरक्षण, सम्वद्र्धन र प्रवद्र्धन गर्नका लागि यःमरी महोत्सव गर्न लागिएको बताए ।





