शुक्रबार, असोज २३ २०८३

शुक्रबार, असोज २३ २०८३
  • २३ असोज २०८३ , शुक्रबार
  • October 9 2026

पोखरालाई हराउँदै धनगढी नेपाल सुपर लिगको फाइनलमा

पोखरालाई हराउँदै धनगढी नेपाल सुपर लिगको फाइनलमा


  • ढोरपाटन संवाददाता
  • पुष ९ २०८०, सोमबार

काठमाडौं / नेपाल सुपर लिग (एनएसएल)मा पोखरालाई हराउँदै धनगढी फाइनलमा प्रवेश गरेको छ। पेनाल्टी सुटआउटमा धनगढीले पोखरालाई ४-३ गोलले हराएको हो।

पोखराका आयुष घलानले गोल गर्न चुक्दा साविक उपविजेतासमेत रहेको धनगढी फाइनलमा पुगेको हो। पहिलो सिजनमा पनि धनगढी पहिलो क्वालिफार्स खेल्दै फाइनल पुगेको थियो।

९० मिनेटको निर्धारितमा समयमा पोखरा र धनगढीबीच १-१ गोलको बराबरी भएपछि खेल अतिरिक्त समयमा धकेलिएको थियो। अतरिक्त समयमा पनि दुवैले १-१ गोलको बराबरी खेलेपछि खेल टाइब्रेकरमा पुगेको थियो। पोखराले दुवैपटक अग्रता लिए पनि त्यसलाई कायम गर्न चुकेको थियो।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->