सोमबार, भाद्र ८ २०८३

सोमबार, भाद्र ८ २०८३
  • ८ भाद्र २०८३ , सोमबार
  • August 24 2026

२० औं माछापुच्छ्रे पोखरा ओपन तथा भेट्रान्स टेनिस प्रतियोगिता सुरु

२० औं माछापुच्छ्रे पोखरा ओपन तथा भेट्रान्स टेनिस प्रतियोगिता सुरु

खेल पूर्वाधारहरुको लगानी, बालुवामा पानी : मन्त्री लिम्बु


  • ढोरपाटन संवाददाता
  • पुष ११ २०८०, बुधबार

पोखरा/ नेपाल सरकारका युवा तथा खेलकुदमन्त्री डिगबहादुर लिम्बुले खेलकुदका पूर्वाधारमा संघीय सरकारबाट गरिएको लगानी बालुवामा पानी हालेजस्तै भएको बताएका छन् ।
भएको लगानीबाट प्रतिफल नआएको र संरचनाहरु संरक्षणको अभावमा जीर्ण बन्दै गइरहेको पनि उनले बताए । मन्त्री लिम्बु कास्की जिल्ला टेनिस संघको आयोजनामा पोखरामा मंगलबारबाट सुरु भएको ‘२० औं माछापुच्छ्रे पोखरा ओपन तथा भेट्रान्स टेनिस प्रतियोगिता २०८०’को उद्घाटनमा बोल्दै थिए ।

‘म अहिले ४० जिल्लाको भ्रमणबाट फर्किएको छु । ती जिल्लाका खेल पूर्वाधारहरु निर्माण सम्पन्न नहुँदा खण्डहर बन्दै गएका छन् । सरकारको लगानी बालुवामा पानी जस्तै भएको छ । यो चिन्ताजनक विषय हो,’उने भने, ‘पूर्वाधारहरुको निर्माणका लागि संघीय, स्थानीय, प्रदेश सरकार र निजी क्षेत्रको सहभागितामा प्रतिफल दिने गरी काम अघि बढाउनुपर्छ ।’

संघिय सरकारले मात्रै देशभर रहेका खेल पूर्वाधारहरुको संरक्षण गर्न नसक्ने बताउँदै मन्त्री लिम्बुले कुन तहले कुन खेल मैदानको जिम्मेवारी लिने त्यसको पहिचान गर्न राष्ट्रिय खेलकुद परिषदलाई अध्ययनका लागि निर्देशन दिएको जानकारी पनि दिए ।

 

गण्डकी प्रदेशका सांसद प्रकाश बरालले पूर्वाधारको संरक्षणका लागि हात फैलाएर माग्ने अवस्थाबाट मुक्त गर्न तीनवटै तहका सरकारबीच समन्वय जरुरी रहेको बताए ।

कास्की टेनिस संघका अध्यक्ष लोकबहादुर गुरुङको अध्यक्षतामा भएको उद्घाटन कार्यक्रममा प्रतियोगिताका संयोजक नविन चालिसेले टेनिसमा राज्यको लगानी नभएको गुनासो गरे । कार्यक्रममा गोरखा नेप्लिज टेनिस क्लब युकेका अध्यक्ष हर्कबहादुर गुरुङ, कास्की टेनिसका सचिव नविन श्रेष्ठलेसमेत आफ्ना भनाइ राखेका थिए ।

पुस १० गतेदेखि १५ गतेसम्म पोखरा रंगशालाको टेनिस कोर्टमा सञ्चालन हुने प्रतियोगितामा महिला तर्फ १३ र पुरुषतर्फ २०३ गरी २१६ जना खेलाडीहरुको सहभागिता रहेको छ ।

प्रतियोगितामा भारत, यूके र बंगालादेशका खेलाडी समेतको सहभागिता रहने उपाध्यक्ष चालिसेले जानकारी दिए । प्रतियोगिताअन्तर्गत मेन्स तथा उमेन्सका सिंगल्स र डबल्स तथा ३५, ४५, ५५, ६५ वर्ष माथी गरी विभिन्न उमेर समूहका १२ इभेन्टमा प्रतिस्पर्धा हुने भएको छ । प्रतियोगितामा पहिलो चरणका खेलहरु सुरु भएका छन् ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->