सोमबार, भाद्र ८ २०८३

सोमबार, भाद्र ८ २०८३
  • ८ भाद्र २०८३ , सोमबार
  • August 24 2026

साफ यु १९ र १६ महिला च्याम्पियनसिपका लागि पुस १३ र १७ मा गण्डकी प्रदेशस्तरीय छनोट हुने

साफ यु १९ र १६ महिला च्याम्पियनसिपका लागि पुस १३ र १७ मा गण्डकी प्रदेशस्तरीय छनोट हुने


  • ढोरपाटन संवाददाता
  • पुष ११ २०८०, बुधबार

पोखरा / गण्डकी प्रदेश फुटबल संघले पोखरामा पुस १३ र १७ गते खेलाडी छनौट गर्ने भएको छ । दक्षिण एसियाली फुटबल महासंघ (साफ) ले आगामी फेब्रुअरी १ देखि ११ सम्म बंगलादेशमा आयोजना गर्न लागेको साफ यु १९ महिला च्याम्पियनसिप र सन् २०२४ मार्च १ देखि ११ सम्म आयोजना हुने साफ यु१६ महिला च्याम्पियनसिपका लागि गण्डकी प्रदेशले खेलाडी छनौट गर्न लागेको हो ।

गण्डकीको छनोटमा ११ जिल्लाकै उमेर हद नकटेका महिला खेलाडीले सहभागिता जनाउन पाउने गण्डकी प्रदेश फुटबल संघका महासचिव विनोद गुरुङले जानकारी दिए । उनका अनुसार पुस १३ र १७ गते विहान ८ बजेबाट पोखरा रंगशालामा खेलाडी छनोट हुनेछन् । छनोटमा परेका खेलाडीले काठमाडौंमा अन्तिम छनोट खेल खेल्नेछन् ।

‘राष्ट्रिय टिम छनोटका लागि प्रदेशमा छनोट हुन लागेको हो । पहिलो जिल्ला छनोट हुन्छन् । हामीले गण्डकीमा एन्फामा आबद्ध कास्की, तनहुँ, लम्जुङ, गोर्खा, बागलुङ र नवलपुर बाहेकका जिल्लालाई समेत अवसर दिदैँ छौं । खेलाडीका लागि हामीले सबै जिल्ला खुल्ला गरेका छौं’ उनले भने । छनोटमा ११ जिल्लाकै यु १९ र १६ का महिला खेलाडीलाइृ सहभागिता गराईदिन उनले अनुरोध गरे ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->