आइतबार, कार्तिक २२ २०८३

आइतबार, कार्तिक २२ २०८३
  • २२ कार्तिक २०८३ , आइतबार
  • November 8 2026

पूर्व मुख्यमन्त्रीको नाम अपाङ्गता/अल्पसंख्यक क्लष्टरमा

पूर्व मुख्यमन्त्रीको नाम अपाङ्गता/अल्पसंख्यक क्लष्टरमा

१७८ जनाको नाम सिफारिस ।


  • ढोरपाटन संवाददाता
  • पुष १२ २०८०, बिहिबार

पोखरा/ आउँदो माघ ११ गते हुने राष्ट्रियसभा निर्वाचनका लागि कांग्रेस गण्डकीले नाम सिफारिस गरेको छ । गण्डकीमा तीन क्लष्टरमा निर्वाचन हुनेछ । अन्य, महिला र अपाङ्गता÷अल्पसंख्यकमा १÷१ गरि तीन पद रिक्त हुँदैछ । त्यसकै लागि बुधबार कांग्रेस प्रदेश कार्यसमितिले १७२ जनाको नामावली सिफारिस गरेको हो ।

गण्डकीबाट निर्वाचित भई राष्ट्रिसभाका अध्यक्ष समेत रहेका गणेशप्रसाद तिमिल्सिना सहित सदस्यहरु दीपा गुरुङ र प्रकाश पन्थको कार्यकाल सकिँदैछ । अध्यक्ष तिमिल्सिना र गुरुङ एमालेबाट तथा पन्थ कांग्रेसबाट निर्वाचित भएका थिए । उनीहरुको पदावधि फागुन २० गते सकिँदैछ । सोही रिक्त पदमा सयौँले आकांक्षा राखेका हुन ।

आकांक्षीको सूचीमा प्रदेश सभापति शुक्रराज शर्मा पनि रहेका छन । उनको नाम प्रदेशसभा निर्वाचन २०७८ को समानुपातिकतर्फको अन्तिम बन्दसूचीमा खस÷आर्य क्लष्टरमा एक नम्बरमै थियो ।
एक नम्बरमा नाम भएतापनि ३३ प्रतिशत महिला ल्याउनुपर्ने संवैधानिक बाध्यताका कारण उनी प्रदेशसभा सदस्य बन्न पाएनन । अहिले बन्दसूचीबाट नाम हटाएर राष्ट्रियसभा सदस्य बन्ने बन्ने उनको आकांक्षा छ ।

आकांक्षीको सूचीमा छन, गण्डकीका पूर्वमुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेल पनि । उनले अपाङ्गता÷अल्पसंख्यक क्लष्टरमा चुनाव लड्ने चाहना राखेका छन । उनी केन्द्रिय सदस्य पनि हुन ।
पूर्व उपप्रधानमन्त्री गोपालमान श्रेष्ठ सहित पूर्वमन्त्री रोमी गौचनको नाम पनि सिफारिस भएको छ । गत हप्तामात्रै कांग्रेसको गण्डकी सम्मेलनमा गौचनले राजनीतिबाट विश्राम नलिएको भनेर राष्ट्रियसभा निर्वाचन लड्ने संकेत पार्टीका सभापति शेरबहादुर देउवासहितका पदाधिकारीलाई दिएका थिए ।

पूर्व सभामुख तारानाथ रानाभाट, पूर्वमन्त्री यज्ञबहादुर थापा सहित पूर्वसांसद ओमकला गौतम चालिसेले पनि आकांक्षी छन ।
कांग्रेस गण्डकी प्रदेशका प्रवक्ता माधवप्रसाद बास्तोला (मधु) का अनुसार अन्य पदमा १०७, महिला पदमा ४३ र अपाङ्गता/अल्पसंख्यक २८ जना आकांक्षीको नाम सिफारिस गरिएको हो ।
कास्कीबाट तीन क्लष्टरमा ४३ जना, गोरखाबाट १६, तनहुँबाट १७, नवलपुरबाट २२, पर्वतबाट १४ जना आकांक्षीको नाम सिफारिस भएको छ । बागलुङबाट २४, मनाङबाट २, मुस्ताङबाट ६, म्याग्दीबाट ५, लमजुङबाट १० र स्याङजाबाट १९ जना आकांक्षीको नाम सिफारिस भएको हो ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->